नेपाली सिनेमाका निर्माताहरुले आफ्नो क्रियशनलाई देखाउँन सकेका छैनन् ।
सिनेमाको कथावस्तु मात्र होइन पोष्टर समेत आफ्नो क्रियशनले बनाउन सकेको
देखिदैन । पुराना र अनुभवी निर्देशकको रुपमा चिनिएका दिपक श्रेष्ठ पछिल्लो
समय पोष्टर चोरीमा हाबी हुँदै गएका छन् । उनले निर्देशन गरेको चलचित्र
‘वाचा’ को पोष्टर एक तामिल सिनेमाबाट चोरिएको थियो । यो चोरीको बाटोलाई
उनले छोडेका छैनन् । उनले नै निर्देशक गरेको चलचित्र ‘रङ वेए’ को पोष्टर
पनि चोरीएको छ । नायिका जिया केसीको टाउको लगेर एक बलिउड सिनेमाको पोष्टरमा
राखिएको छ ।
सन्
२०१० मा प्रदर्शनमा आएको बलिउड चलचित्र ‘मल्लिका’ मा नायिका शेना नायरले
अभिनय गरेकी छिन् । उनको शरीरमा नायिका जिया केसीको टाउको राखेर पोष्टर
तयार पारिएको छ । जसका कारणले जियालाई पोष्टरमा निक्कै भद्दा र असुहाउँदो
देखिएको छ ।
नेपाली
सिनेमाप्रति दर्शकको चाहना र उत्साह घट्दै गएको समयमा यस्ता किसिमका
लाजमर्दो चोरीले के सन्देश दिन्छ, यो सबैले वुझ्नु जरुरी छ । नेपाली सिनेमा
‘रङ वेय’ लाई हरर मुभी भनिएको छ । तर बलिउड चलचित्र ‘मल्लिका’ पनि हरर
बिषयमा नै निर्माण भएको छ । पोष्टर चोर्न समेत पछि नपर्ने निर्माणपक्षले
सिनेमा चोरेको छैन भनेर विश्वास गर्ने आधार देखिदैन ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment