Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Tuesday, April 2, 2013

जर्मनीको हाम्बर्गमा बलिउड डान्सर मदन केसीले जोडदार नाच देखाउने


सबिन गुरुङ 
जर्मनीनयाँ वर्ष वि.सं. २०७० को अवसर पारेर अन्तराष्ट्रिय नेपाली कलाकार समाज जर्मनीले  यहि १४ अप्रिल आइतबारको दिन हाम्बर्ग, जर्मनीमा (Hamburg, Germany)आयोजना गर्न लागेको युरोपस्तरीय नृत्य प्रतियोगिता र नेपाली सर्वो उत्कृष्ट चलचित्र अवार्ड (the Best Nepali Film of the Year Award) कार्यक्रम जतिजति नजिकै गएको छ उतिनै व्यापकरुपमा नयाँ नयाँ उत्साह र उमंगहरु थपिदै गएको छ । अहिले विश्वभरिनै ज्यादैनै चर्चा पाएको यो कार्यक्रमले नयाँ प्रतिभाहरु र पुराना कलाकारहरुलाई उत्तिकै जोश भरिदिएको छ । नेपालकी वरिष्ठ चलचित्र अभिनेत्री र नृत्यांगना मिथिला शर्माले आफ्नो बेजोड नृत्यकला देखाउने व्यापक चर्चा चलिरहेकै बेला चलचित्र रङका नायक र नृत्यका अर्का हस्ती मदन केसीले पनि आफ्नो नाच कला देखाउने पक्का भए पछि  अहिले जर्मनी मात्रै नभै पुरै युरोप उनको नृत्य हेर्न हौसिएको छ । हल्यान्ड र अरु धेरै देशहरुमा भएको हिन्दी सिनेमाको  प्रसिद्ध अवार्ड "आईफा अवार्ड" (iifa award) जस्तो  ठूला ठूला कार्यक्रमहरुमा प्रमुख कोरेओग्राफर भएर काम गरिसकेका केसी निकै ठुलो र प्रसिद्ध नेपाली व्यबसासिक डान्सर हुन । केसीले १४ अप्रिलमा अन्तराष्ट्रिय नेपाली कलाकार समाज जर्मनीले आयोजना गर्न लागेको युरोपकै बिशाल कार्यक्रममा चलचित्र सम्मान कार्यक्रमको बीचमा नेपाली गीतमा एउटा सुन्दर र आकर्षक नाच देखाउने भएका हुन् । 
यो पटक जर्मनीको हाम्बर्ग शहर युरोप र अरु महादेशहरुबाट आउने कलाकारहरुले भरिभराउ हुने देखिएको छ । नेपालबाट मिथिला शर्माको नेत्रित्वमा केहि कलाकारहरु आउने भएका छन भने इङ्ल्यान्डबाट र अमेरिकाबाट समेत ख्यातिप्राप्त कलाकारहरु आउन लाग्नुभएको आयोजकहरुले जानकारी गराएको छन। 'कार्यक्रम निकै ठुलो भोल्युमको हुने पक्का भएको छ" कायक्रम संयोजक सन्तोषराज गुरुङ र व्यवस्थापन समितिका मुख्य संयोजक सरोज श्रेष्ठले बताउनु भयो । "कार्यक्रम ठुलो हुन्छ र हामीले त्यही अनुसारको व्यबस्थापन पनि गरिसकेका छौं"  ब्यबस्थापन संयोजक श्रेष्ठले  हामीलाई जानकारी दिनुभयो । युरोपबाटै मात्र पनि स्विजर्ल्यान्ड, डेन्मार्क, इटली, पोल्यान्ड, होल्यान्ड, फ्रान्स, बेल्जियम, लक्जम्बर्ग, स्पेन, फिन्ल्यान्ड लगायतका दर्जन भन्दा बढी देशका कलाकारहरुले कार्यक्रममा भाग लिने भएका छन । युरोपस्तरीय नृत्य  प्रतियोगिताका लागि यि देशहरुबाट कलाकारहरुले सहभागिता जनाउने छन । त्यस्तै युरोप र अन्य महादेशका संघ संस्थाका प्रतिनिधिहरु, नेपाली र विदेशी संचार माध्यमका पत्रकारहरु, केही देशका सरकारी स्तरका स्थानीय र प्रोभिन्सका प्रशासन प्रमूखहरुको समेत कार्यक्रममा ठुलो संख्यामा सहभागीता हुने पक्का भएको छ जनाइएको छ।  आउदो अप्रिल १४ नेपाली नयाँ वर्षको दिन साच्चैनै जर्मनीबासी र युरोपबासी नेपालीहरुको लागि ऐतिहासिक महत्वको हुने भएको छ । किनभने युरोपकै ईतिहासमा पहिलो चोटि युरोपमा नेपाली उत्कृष्ट चलचित्रलाई विशेष सम्मान गर्ने कामको प्रारम्भ हुँदैछ र यो कामको सुरुवात अन्तराष्ट्रिय नेपाली कलाकार समाज (अनेकस) International Nepalese Artist Society (INAS) ले गर्दैछ।
सन २०१२ भित्र प्रदर्शन भएका नेपाली चलचित्रहरु मध्येबाट छानेर एउटा चलचित्रलाई वर्षकै सर्वोत्कृष्ट चलचित्रको रुपमा घोषणा गरेर Best Film of the Year अवार्ड गरिन लागिएको छ । त्यसका लागि नेपालबाट चलचित्रका विज्ञहरु रहेको जुरीले छानेका मालतीको भट्टी, लूट, काठमान्डु, सायद र अन्दाज लगायतका  ५ उत्कृष्ट चलचित्रहरुलाई आम दर्शकहरुको मत लिएर अब अनेकसको चलचित्र समितिमा पठाइको जानकारी र यिनै फिल्महरु मध्ये एउटा उत्कृष्ट फिल्मलाई वर्षको सर्वोत्कृष्ट चलचित्र घोषणा गरेर अवार्ड दिइने आयोजकले जानकारी गराएको छ । त्यस्तै अनेकसले युरोपबाट बनेका नेपाल चलचित्रहरु 'हासी देऊ एकफेर', 'थ्री लभर्स', 'सुनगाभा', 'रङ' र 'द प्लान" लाई विशेषरुपमा सम्मान गर्न लागेको कुरा अनेकस जर्मनीले जनाएको छ् । यसका अतिरिक्त अन्य कुनै चलचित्र छुटेको भए त्यसको जानकारी दिन सबैलाई अनेकस जर्मनीले अनुरोध पनि गरेको छ ।कलाकारहरुको हितको लागि र उनीहरुलाई आपतकालीन अवस्थामा तत्कालै राहत पुर्‍याउन खोलिएको "कलाकार कल्याणकारी कोष" (Artist Welfare Fund) लाई पनि औपचारिक रुपमा सार्वजनिक गरिने जनाइएको छ। यस् कोषबाट आर्थिक अभावमा रहेका र औषधी उपचार गर्न नसकेका नेपाली कलाकारहरुले राहत पाउने भएका छन भने यस कोषबाट तत्काल हुने आकस्मिक घटनाहरुमा आवश्यक परेको बेला तुरुन्तै सकेको राहत प्रदान गरिने भएको छ । कलाकारको लागि भनेर यसरि कोष नै बनाएर कलाकारको सेवा गर्न आजसम्म कुनै सस्थाले पहल नगरेको अबस्थामा यसरि कोष बनाएरै कलाकारहरुको सेवा गर्नु कलाकारिताको क्षेत्रमै यो पहिलो घटना भएको भन्दै संसारभरिका कलाकार र साहित्यकारहरुले यसलाई खुलेर प्रसंसा गरेका छन । 



No comments: