Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Tuesday, April 2, 2013

युएईमा एक नेपाली महिलाको उद्दार

उमाकान्त पाण्डे गाउंले 
दुबइ - चैत २०, सम्युत्त अरब एमिरेट्स युएईको दुबइमा एक नेपाली महिलालाई उद्दार गरिएको छ । इमराती नागरिकको घरमा घरेलु महिला कामदारको रुपमा कार्यरत महिलालाई मालिकको यातना कारण उनको ज्यान जोखिममा रहेको अवस्थामा नेपाली जनसंपर्क समिति युएईले उद्दार गरेको हो । 
सिन्धुपाल्चोककी रमिला तमाङ ( नाम परिवर्तन) लाई उनी कार्यरत घरको जोखिम अवस्थाबाट उद्दार गरि युएईका लागि नेपाली राजदुतावास आबुधाबीको सेल्टर हाउसमा पुराइएको हो । 
 घर मालिकको यातनामा सडकमा वेवारिशे अवस्थामा भौतारिएको अवस्थामा जनसंपर्क समितिका केन्द्रिय उप-सभापति खेमराज बस्नेत , दुबइ क्षेत्रिय सचिव गोपाल कंडेल तथा सारजाह क्षेत्रिय उपाध्यक्ष पिताम्बर पाण्डेको 
सम्युत्त पहलमा रमिलालाई उद्दार गरेर दुतावास सम्म पुराइएको हो ।
  १९ बर्षिय तामाङ रोजीरोटीका लागि १ वर्ष अघि दुबइ आएकी हुन । उनी के कसरि युएई छिरेकी हुन भन्ने अझै खुलेको छैन । उनी युएई आउँदा श्रम गरे नगरेको अहिले सम्म नखुलेको उद्दारकार्यमा जुटेका सहकर्मीहरुको भनाइ लाई उद्रित गर्दै नेपाली काग्रेंसको अन्तरास्ट्रिय भात्री सगंठन नेपाली जनसंपर्क समिति यूएईका अध्यक्ष चित्र केसीले जानकारी दिए । 'नेपाली महिला मालिकको यातनाले पीडित भएपछि घर छोडेर भागेर सडकमा अलपत्र परेको खबर अर्का नेपाली सुर्य श्रेष्ठले जानकारी दिएपछि जनसंपर्क समितिले आफ्नो जनशक्ती परिचालन गरेर उद्दार गरेको हो' केसीले भने । 
'बाबा साउदीमा कार्यरत हुनुहुन्छ,आफु अप्ठ्यारोमा परेपछि बाबालाई खबर गरे ,उहाले भागेर प्रहरीको शरणमा जानु भनेर सिकाउनु भयो तर त्यसो गर्न सकिन सडकमा भौतारिए' तामाङले भनिन । मालिकले बिभिन्न वहनामा दिनहु कुट्ने,काम गरे बापतको तलब नदिने माग्दा उल्टै झपार्ने, गर्ने गरेको दुखेसो रमिलाको छ । 
उनलाई उद्दार गरेर दुतावास सम्म पुर्याएका छौ , राजदुत धनन्जय झाले पनि सक्दो छिट्टो प्रकृया पुरा गरेर उनलाई नेपाल पठाउन पहल गर्ने बताएका छन समितिका सभापति केसीले बताए । नेपाली जनसंपर्क समिति युएई राजनीतिक पार्टीको भात्री सगंठन भए पनि प्रवासमा अप्ठ्यारोमा पर्ने सबै नेपालीको लागि सहयोगी बनेर सामाजिक कार्य गर्ने गरेको केयौ उदाहरण देखिएको यहाँ कार्यरत नेपालीको प्रतिकृया छ । 

No comments: