दुबई, २ अप्रिल- कास्की जिल्लाको सर्दिखोला गा.बि.स वडा नं ३ खादरजुङ निबासी दुबै मिर्गौला पिडित शिरशोभा गुरुङ्को उपचारको लागि बैदेशिक रोजगार संयुक्त अरब इमिरटेस (यू.ए.ई) मा थुप्रै सा माजिक संघ संस्थामा रहि सेवा गर्दै आउनु भएको गोरखा निबासी श्री गोविन्द ढकालको संयोजकत्वमा ५ सदस्यिय (यू.ए.ई) आर्थिक संकलन समिति गठन गरिएको छ।
बैदेशिक रोजगारीको शिलसिलामा संयुक्त अरब इमिरटेस यु.ए.ई.मा रहनु भएका सम्पूर्ण नेपाली दाजु भाइ तथा दिदि बहिनीहरूको एक भेलाले उक्त निर्णय गरेको हो । भेलाले पिडित गुरुङ्लाइ आर्थिक सहयोग गरी जीवन बचाँइ दिन आग्रह गर्दै सहयोग गर्न इच्छुक नेपाली दाजु,भाइ तथा दिदि,बैनी हरु लाई निम्न लिखित आर्थिक समाति लाई सहयोग जुटाई दिनु हुन पनि अनुरोध गरेका छन्।
आर्थिक समाति
संयोजक : गोविन्द ढकाल - सम्पर्क न: ००९७१५५३८७९१८६
सदस्य : गुमान गुरुङ - सम्पर्क न: ००९७१५५३८७९२१८
सदस्य : राज कुमार बस्नेत - सम्पर्क न: ००९७१५५४६९९०८१
सदस्य : सुरज पराजुली - सम्पर्क न: ००९७१५२८२२६३०४
सदस्य : भानु नारायण श्रेष्ठ - सम्पर्क न: ००९७१५५७८२७४८४
स्मरण रहोस्....
दुवै मिर्गौला गुमाई हाल मणिपाल अस्पताल पोखरा मा उपचार गरिरहेकी आफ्नी छोरी शिरशोभा गुरुङ को उपचार को लागि रु २० लाख लाग्ने र आफ्नो आर्थिक अवस्था कम्जोर भएकाले देश विदेश मा रहनु हुने सम्पूर्ण नेपाली आमा,बुवा,दाजु भाइ तथा दिदि बैनी हरु बाट सहयोग गरी आफ्नी छोरीको जिबन बचाई दिनु हुन आमा इन्द्र कुमारी गुरूङ्ले बिभिन्न मिडिया (मजदुर अनलाइन ) मार्फत अनुरोध गरेकी थिइन् ।
No comments:
Post a Comment