Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Sunday, April 7, 2013

दक्षिण कोरियाको नेपाली राजदूतावास नयाँ भवनमा सर्दै

Inline images 1

मीनप्रकाश उप्रेती
५ चैत, सउल । दक्षिण कोरियाको राजधानी सउलमा रहेको नेपाली राजदूतावास नयाँ भवनमा सर्न लागेको छ । प्रतिमहिना ७ हजार अमेरिकी डलर (करिव ६ लाख रुपैयाँ) भाडामा तिरिरहेको हालको भवन छाडेर राजदूतावास १० हजार डलर (झण्डै ९ लाख रुपैयाँ) पर्ने भवनमा सर्न लागेको हो ।झण्डै मासिक ३ लाख रुपैयाँ थप भाडा तिरेर सर्न लागिएको दूतावास भवन रेल स्टेशनबाट करिव आधा घण्टा पैदल हिडेरमात्रै पुग्न सकिन्छ । अहिले दूतावास रहेको भवन भने रेल र बस स्टेसन नजिकै छ । पानी, बिजुली र अन्य करहरु छुट्टै तिर्नुपर्ने हुन्छ, जसले गर्दा दूतावासको मासिक खर्च अझै बढ्ने छ ।
त्यसबाहेक राजदूत र अन्य कर्मचारीको आवास खर्च, तलबलगायतका अन्य सुविधामा लाग्ने वार्षिक खर्च तीन करोडबाट बढेर चार करोड पुग्ने भएको छ । थप रकमका लागि राजदूत कमानसिँह लामाले परराष्ट्र मंत्रालयमा अनुरोध गरेको एक सार्वजनिक कार्यक्रममा बताउनुभएको छ ।
खर्चको अभाव देखाउँदै बिदाको दिन आइतवार दूतावास खोल्न नसकिने बताइरहेको दूतावासले किन महंगो रकम तिरेर असुबिधाजनक ठाउँमा सर्न लागेको हो भन्नेबारे चित्तबुझ्दो जवाफ दिन सकेको छैन । आइतवार दूतावास खोल्न नसक्दा कोरियामा समस्यामा परेका नेपाली श्रमिकहरुले आफ्ना समस्या सुनाउन पाएका छैनन् । कम्पनीमा बिदा हुने दिन आइतवार नै दूतावास बन्द हुँदा नेपाली श्रमिकहरु असन्तुष्ट छन् ।अहिले भएको भवन साँघुरो भएको र काम गर्न कठिन भएको दूतावासको तर्क छ । नेपाली कामदारले जति बिरोध र गुनासो गरेपनि आइतवार दूतावास खोल्ने बिषयमा खासै चासो नदिएको दूतावासलाई यतिबेला घर सर्न भ्याई-नभ्याई छ ।

No comments: