Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Sunday, April 7, 2013

दक्षिण कोरिया स्थित नेपाली राजदूतावास को गैरजिम्मेवारी बिज्ञाप्ति

Inline images 1
डम्बर सुब्बा २५ चैत कोरिया। दक्षिण कोरिया स्थित नेपाली राजदूतावासले उत्तर र दक्षिण कोरियाको संम्भावित युद्धको विषयलाई लिएर श्रोत विहिन एक विज्ञप्ती निकाली दक्षिण कोरियाली नागरिकहरुको दैनिकी अवस्था सामान्य चलिरहेको अवस्थालाई विचार गर्दा त्रसित भई हाल्नु पर्ने स्थिती छैन भनी रहेकै अवस्थामा अन्य विभिन्न राष्ट्रका राजदूतावास भने आफना देसवासीहरुलाई सर्तकतामा रहन आव्हान गरेको छ । 
उत्तर कोरियाले दक्षिण कोरियासंग युद्धको औपचनरिक घोषणा मात्र बांकी रहेको घोषणा गरेपछि सम्भावित युद्धको भयले विश्व आतंकित भई रहेको अवस्था कोरिया स्थित नेपाली राजदूताव द्धारा श्रोत विहिन जारी विज्ञप्तीले कोरियामा रहेको नेपाली समाजमा थप अन्योलमा पार्नु मात्र नभई नेपाली जनता माथी वेवास्ता,लापारवाही गर्नुका साथै निकम्मा र कर्तव्यहीन साबित गरेको छ । 
ईपीएस मार्फत कोरियामा रोजगारी गर्न आएका एक म्यानमारका नागरिक टुरेनले भने हामीले हाम्रो राजदूतावाले दुई देश बीचको सम्बन्ध एकदम गंम्भीर छ । तयारी भएर बस्नु ,ढुक्क भएर बस्ने अवस्था छैन।
त्यस्तै एक चीनका नागरिक ली फ¨ले भने हामीलाई हाम्रो राजदूतावाले दुई कोरियाको अवस्था चिन्ताजनक छ। आपतकालिन अवस्थामा कुनै पनि बेला राजदूतावले सम्पर्क गर्न सक्छ सम्पर्क रहि रहनु भनेको छ । उनले थप गर्व गर्दे भने कोरियामा रहको चीनका नागरिकलाई चीनको राजदूतावासले हवाई जहाज चार्टर गरेर लाने छ।
त्यस्तै एक फिलिपिन महिला मारियाले मोबाईल देखाउदै भनिन दुई कोरिया बीच कुनै बेला युद्ध हुन सक्छ सर्तकता साथ राजदूतावासको सम्पर्क बस्नु भनेर मेसेज आएको बताईन।
त्यस्तै उत्तर कोरिया सरकारले उत्तरकोरियामा रहेका विश्वका कुटनितीक नियोगहरुलाई उत्तर कोरिया छाडि दिन आग्रह गरी सकेको छ । संयुक्त राष्ट्र संघका महासचिव बान गी मुनले पनि उत्तर कोरियाको कारण विश्वमा पुन युद्धको खतरा बढदै गएको बताएको छ ।
दक्षिण कोरियाको रक्षा मन्त्रालयका प्रवक्ता किम मिन सोकले हालै दिएको वक्तव्यमा उत्तर कोरियाले दक्षिण कोरिया माथि आक्रमण गरेमा उत्तर कोरियाली शासकको अस्तित्व समाप्त हुने चेतावानी दिएका छन ।
कोरियाली रक्षा मन्त्रायलमा टेलिफोन मार्फत सम्पर्क गर्दा रक्षा मन्त्रालयका एक अधिकारीले भने विश्वको समाचारपत्रहरुमा उत्तर र दक्षिण कोरियाको सम्बन्ध चिन्ताजनक छ भनेर आएको समाचर सहि हो । युद्ध हुन्छ या हुदैन भन्ने विषयमा हामी केहि भन्न सक्दैनौ । आफनो जनतालाई सर्तकता ,सावधानी र सुरक्षाको विषयमा कस्तो किसिमको सुचना प्रकासित गर्ने हो त्यो सम्बन्धीत राष्ट्रका राजदूतावहरुले मुल्यांकन गर्नु पर्ने विषय हो । 
कोरियामा हाल १७ हजार नेपालीहरु विभिन्न पेशाामा बसोबास गरि रहेको छ । दक्षिण र उत्तर कोरियाको युद्धका कारण कुनै एक नेपालीको जीउ ज्यान माथि खतरा आई परेमा त्यसको जिम्मा कोरिया स्थित नेपाली राजदूतावासको हुने छ र नेपाल सरकारको हुने छ । 

No comments: