Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Sunday, April 7, 2013

महिला हिंसा बन्द गरौ।


बिष्णु गुरुङ "एकता"
क्यालिफोर्निया। आफ्नो मातृभूमीको बारे चासो नलिने सायद हामी कमै जना होलान। समाचार सुन्छु, प्रत्रिकाहरु पढ्छु झिनो आशाले भए पनि केहि नयाँ राम्रो समाचार पाउने अभिलाषामा; तर कति बाध्य छन् यी आँखाहरु दिनहुँ तिनै बढ्दै गैरहेको निर्दोष महिलाहरुको विभिन्न बहानामा भैरहेको हिंसाको समाचार पढ्न र हेर्न; हामी पनि तिनै एकाशौ शताब्दि कै मानिस हौ भनेर आफूलाई निक्कै सभ्य पक्कै ठान्छौ तर उफ कस्तो बिडम्पना - हाम्रो समाजमा नारीलाई भगवान स्वरुप दुर्गादेवी, महालक्ष्मी, सरस्वती मान्ने कुरा धर्मशास्त्र र मुखमा मात्र सिमित रह्यो। वास्तबिकतामा ति नारीहरुप्रति भएको अमानबियताले हाम्रो शिर लाजले निहुरिन्छ। सोचौ त??? एउटी आमाले हामीलाई जन्म मात्र होईन यस धर्तीमा जिउन लायक बनाउछिन। निस्वार्थ प्रेमल गर्छीन; आफू नखाएर पनि हामीलाई खुवाउछिन; आफू आँसूमा डुबेर पनि हामीलाई खुशी दिन्छिन के यस धर्तीमा त्यस्तो कुनै कुरा छ जसले आफ्नो सन्तानको खुशीको लागी आफ्नो सबै कुरा त्याग्न सक्छिन??? तिनै आमाहरु, नारीहरुप्रति किन यस्तो हिम्सा किन ??? तिनै जन्मदाताहरुलाई यस धर्तीमा जन्मनु भन्दा पहिल्यै घृणा गरेर जन्मन पाउने अधिकारबाटै बन्चित गर्छन; जन्मेर पनि मानव अधिकारबाट बन्चित गरेर आफ्नो जीवनमा जिउन पाउने कुनै अधिकार हुदैन। त्यति मात्र नभएर जनवार सरि बेचिन्छन; बलात्कृत हुन्छन; दाईजोको बहानामा, बोक्सीको आरोपमा, अरु कुनै निहुमा जिउदै जलाईञ्छन; कुटपिट मात्र होईन मारिन्छन; न्यायको हकमा समाजबाट तिरस्कार हुन्छन।
आखिर यी सामाजिक मान्यताहरु, नितिनियमहरु भनेको तपाई हाम्रो आजको दैनिक चाल चलनबाट, व्यबहारबाट भोलीको संस्कार बन्ने हो। जुन शक्तिको भरले स्वार्थि र मुर्ख मान्छेहरुको सिमित सोचले मान्छे मान्छेप्रति विभेद गरि बनाएको परम्परागत रुढिबादी सोचले मान्छेप्रति गर्ने यस्तो हिंसाले हामी कसैको भलाई गर्दैन। यो हाम्रो समाजको र  राष्ट्रप्रति कै कलङ्क हो। हामीले जति मानवियता र सभ्यताको भाषण, गित र बिकुल फुके पनि तब सम्म हामी एउटा सभ्य मानव त के एउटा साधारण मान्छे पनि हुदैनौ, जब सम्म यथार्थमा जन्मभूमी र जन्म दिने आमाको ईज्जत र संरक्षण गर्न सक्दैनौ।  त्यसैले हामी सब एकजुड भएर महिला हिंसा बन्द गरौ।


No comments: