Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Tuesday, April 2, 2013

भेरी यूवा समाज युएईले अबुधावीमा नयां बर्ष मनाउने


लालबहादुर ढेंगा, 
दुबई । नेपाली इ.सं.२०६९ लाई बिदाई गर्दे नव बर्ष २०७० को आगमनलाई स्वागत गर्ने हेतुले आगामी १२ अप्रिल शुक्रबारका दिन अबुधावीमा भेरी यूवा समाज युएईद्धारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरिने भएको छ । प्रवासको भूमिमा भएता पनि नेपाली नव बर्ष २०७० को अवसरमा शुभकामना आदानप्रदान गर्दै रमाइलोसंग मनाउन लागेका हुन् ।
सो निर्णय गत २९ मार्च शुक्रबारका दिन भेरी यूवा समाज युएईका अध्यक्ष मोहननाथ योगीको अध्यक्षतामा अबुधावीको आईकार्डमा बसेको बैठकले गरेको हो । युएईस्थित क्रियाशिल रहेका विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको सहभागितामा हुन गइरहेको उक्त शुभकामना आदानप्रदान कार्यक्रममा युएईमा कार्यरत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई उपस्थितिको लागि आग्रह समेत गरेको छ ।
खासगरी नव बर्ष २०७० शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सक्रियता तुल्याउनको निम्ती व्यावस्थापनको लागि गणेश थरुको संयोजकत्वमा ६ सदस्यीय समिति समेत गठन गरेको छ । जसमा संयोजकमा गणेश थरु रहेका छन् भने अन्य सदस्यहरुमा पृथ्वी रावत, मनिराम थरु, कृष्णप्रसाद चौलागाई, चन्द्रबहादुर रावत र हुमबहादुर खड्का रहेका छन् । 

No comments: