Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Tuesday, April 2, 2013

आइपिएल आजबाट


कोलकाता, चैत २१ (एजेन्सी)- इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको छैटौं संस्करण बुधबार सुरु हुँदैछ। पहिलो दिन दिल्ली डेयरडेभिल्सविरुद्ध खेल्दै कोलकाता नाइट राइडर्सले उपाधि रक्षाको यात्रा सुरु गर्नेछ। कोलकाताले गौतम गम्भिरको कप्तानीमा गत वर्ष पहिलोपल्ट आइपिएल जितेको थियो।  
अहिलेसम्म उपाधि जित्न नसकेको दिल्लीले आइपिएल यात्रा थाल्नुअघि ठूलो झड्का बेहोर्नुपरेको थियो। दिल्लीले यसैपटक टोलीमा आबद्ध न्युजिल्यान्डका ब्याट्सम्यान जेसी राइडरको साथ पाउने छैनन्। भारत आउने तयारीमा रहेका राइडरमाथि भौतिक आक्रमण भएपछि हाल उपचार गराइरहेका छन्। टोलीका अर्का भरपर्दा ब्याट्सम्यान केभिन पिटरसन पनि घुँडाको चोटका कारण प्रतियोगिताबाट बाहिरिसकेका छन्। 
उता कोलकाताका न्युजिल्यान्ड ब्याट्सम्यान ब्रान्डन म्याकुलम ह्यामस्ट्रिङबाट पीडित छन्। हालै बिहे गरेका सकिब अल हसन पनि अहिलेसम्म टोलीमा समावेश भइसकेका छैनन्। तर दक्षिण अफ्रिकी अनुभवी खेलाडी ज्याक कालिससँगै घरेलु खेलाडी लक्ष्मीरतन शुक्ला, मनोज तिवारी, मनविन्दर विस्लाजस्ता खेलाडीको साथ रहनेछ। त्यस्तै टोलीमा तीब्र र स्पिन दुवै बलरको सन्तुलन छ। 
झन्डै सात हप्ता चल्ने आइपिएलमा ९ टोली सहभागी छन्। ७६ खेल हुनेछ। सन् २००८ मा सुरु आइपिएलको पहिलो संस्करण राजस्थान रोयल्सले जितेको थियो। २००९ मा डेक्कन चाजर्सले जितेको आइपिएल २०१० र २०११ मा चेन्नई सुपर किंग्स लगातार च्याम्पियन बनेको थियो। 

No comments: