
क्वालालम्पुर, २१ चैत । मलेसियाली प्रधानमन्त्री नाजिव रजाकले मलेसियामा हुने आगामी राष्ट्रिय निर्वाचनको लागि बुधबार संसद विघटन गर्नुभएको समाचारमा जनाइएको छ। नाजिवले आफ्नो कार्यालयबाट राज्यद्वारा सञ्चालित टेलिभिजनमार्फत प्रत्यक्ष संबोधन गर्नु हुँदै सो संसद विघटनको घोषणा गर्नुभएको हो ।मलेसियामा सबैधानिक राजतन्त्र भएको हुनाले प्रधानमन्त्री रजाकले मलेसियाका राजासँग आज बिहान भेटी उहाँको स्वीकृती समेत प्राप्त गनु भएको जनाइएको छ । त्यसैगरी उहाँले राज्य प्रमुखहरूलाई भेटी आ–आफ्नो राज्यसभा समेत विघटन गर्न आदेश दिनुभएको जनाइएको छ । त्यहाँको निर्वाचन आयोगले यसै हप्ता निर्वाचन मिती घोषणा गर्ने अनुमान गरिएको पनि समाचारमा जनाइएको छ ।मलेसिया, बेलायतबाट सन् १९५७ मा स्वतन्त्र भएको थियो । मलेसिया स्वतन्त्र भएपछि यो हाल हुन लागेको निर्वाचन १३ औँ निर्वाचन भएको समाचारमा जनाइएको छ । मलेसियामा २२२ संसद सिटको लागि निर्वाचन हुने समाचारमा प्रष्ट पारिएको छ। सिन्ह्वा
No comments:
Post a Comment