Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Wednesday, April 3, 2013

यस्तो छ विश्वको सबैभन्दा महँगो घर

मुम्बई, चैत २१ (एजेन्सी)- भारतीय अर्बपति मुकेश अम्बानीको मुम्बईस्थित २७ तले निवास विश्वकै महँगो घरको सूचीमा परेको छ। अर्बपतिको सूची बनाउने फोर्ब्स म्यागाजिनले महँगा घरको सूचीमा अम्बानीको चर्र्चित निवास एन्टिलियालाई एक नम्बरमा राखेको हो।
फोर्ब्सको सूचीमा २० अर्बपतिका घर परेका छन्। फोर्ब्सका अनुसार साढे २१ अर्ब डलर सम्पत्तिका मालिक मुकेशको घर एन्टेलिया चार लाख वर्ग फिटमा फैलिएको छ। घर बनाउन अम्बानीले करिब दुई अर्ब डलर खर्च गरेका थिए।
एन्टिलियाको छ तलामा पार्किङ छ। बलरुम, थियटर, बार, तीनवटा हेलिप्याड एन्टिलियामा छन्। यसमा काम गर्न छ सय कर्मचारी खटाइएका छन्।
अम्बानीले घरका लागि मिथकीय द्वीप एन्टिलियाको नाम जुराएका हुन्। छिमेकीले भने यो घरलाई सम्पत्तिको अभद्र प्रदर्शन भनेका छन्। केहीले सहरहेको सौन्दर्य नै बिगारेको आरोप लगाएका छन्। न्युयोर्क टाइम्सका अनुसार अम्बानी परिवार उक्त घरमा सरिसकेका छैनन्। कहिलेकाहीँ मात्रै अम्बानी परिवार उक्त घरमा जानेको गरेको टाइम्सले लेखेको छ। भारतीय परम्पराअनुसार वास्तु नमिलेकाले अम्बानी परिवार उक्त घरमा नसरेको स्रोतले जनाएका छन्।
मुकेश पत्नी नीता अम्बानीले भने घरबारे चलाइएका चर्चा गलत भएको बताएकी छन्। उनको हालसालै प्रकाशित 'द टक अफ मुम्बई' लेखमा दुई महिनाअघि नै आफूहरु उक्त घरमा सरेको उल्लेख छ। 'यो आधुनिक र भारतीय हृदय भएको घर हो,' उक्त लेखमा छ।
महँगा घरको सूचीमा दुई नम्बर ब्राजिलका अर्बपति लिली साफ्राको फ्रान्सथित भिल्ला लिओपोल्डको घर छ। सन् २००८ मा करिब ७५ करोड डलरमा किनेकी हुन्। यो घर राजा लिओपोल्ड द्वितीयले बनाएका हुन्। न्युयोर्कस्थित फेअरफिल्ड तेस्रो महँगो घर हो। अमेरिकी व्यवसायी इरा रेनर्टको यो घरको मूल्य २५ करोड डलर तोकिएको छ।
भारतीय मूलका व्यवसायी लक्ष्मी मित्तलको घर चौथो स्थानमा छ। लन्डनको यो घर २००८ मा २२ करोड २० लाख डलरमा खरिद गरिएको थियो। मित्तलकै अर्को घर १६ औं नम्बरमा छ। सूचीको पा"चौं नम्बरमा अर्बपति रिनल्ट अख्मेतोभको घर वन हाइड पार्क छ। यो घरको मूल्य २२ करोड डलर तोकिएको छ।

No comments: