Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Wednesday, April 3, 2013

प्रेमी बन्दै चोर्दै


एक युवतीसँग तीन महिनासम्म प्रेम गरेर एक युवाले करिब पाँच लाखबराबरको चोरी गरेका छन् । भक्तपुरका राजु तामाङले लाजिम्पाट बस्ने दालचिनीकुमारी कार्कीको नगद तथा गरगहना चोरी गरेका हुन् ।
तामाङलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार तामाङ र कार्कीबीच तीन महिनादेखि प्रेमसम्बन्ध थियो । तामाङ बारम्बार कार्कीको कोठामा बस्न जाने गरेका थिए । नजिकिएर युवतीको सम्पत्ति चोरी गर्ने योजना गत शुक्रबार खुलेको प्रहरीले जनाएको छ ।
युवती नभएका वेला उनको डेरामा गएर तामाङले नगद मात्र नभई दराज फुटाएर करिब पाँच तोला सुनलगायतका सरसामान चोरेर भागेका थिए । नगद ५० हजार रुपैयाँका साथै आफ्नो करिब पाँच लाख रुपैयाँ तामाङले चोरी गरेको उजुरी कार्कीले दिएकी छिन् । घटनाको दुई दिनपछि तामाङलाई महानगरीय प्रहरी प्रभाग दरबारमार्गले पक्राउ गरी मुद्दा चलाएको छ ।
तामाङले चोरी गरेको स्विकारेका छन् । चोरी गरेको केही रकम तथा गहनासमेत प्रहरीले उनको साथबाट बरामद गरेको छ । दरबारमार्ग प्रभागका इन्स्पेक्टर तपन दाहालका अनुसार चोरी गरेको रकम आफूले क्यासिनो र डान्सबारमा गएर सिध्याएको उनले बताएका छन् । युवतीको एटिएमको पिन नम्बरसमेत थाहा पाएर उनले एटिएमबाट समेत पटक-पटक रकम निकालेका थिए ।
पीडित कार्की विवाहित महिला हुन् । श्रीमान् विदेशमा रहेकाले उनी तामाङसँगको प्रेममा फसेकी थिइन् । उनी न्युरोडको एक डान्सबारमा कार्यरत छिन् ।
पक्राउ परेका २९ वषर्ीय तामाङ बेरोजगार युवा हुन् । यसअघि पनि उनले यसैगरी विभिन्न महिलासँग सम्बन्ध राखी चोरी गर्ने गरेको खुलेको छ । क्यासिनो र डान्सबार जाने नसामा आफूले चोर्न सुरु गरेको उनले बताएका छन् । 

No comments: