Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Sunday, April 14, 2013

काठमाण्डौ जिल्ला अध्यक्षमा कुमार पन्त सर्वसम्मतले चयन


चैत्र २९
अखिल नेपाल होटल, क्यासिनो तथा रेष्टुरा मजदुर संघ काठमाण्डौ जिल्लाको चौथो जिल्ला सम्मेलनको अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष शालिकराम जम्कट्टेलले भव्य समारोहवीच चारवटा मैनवत्तिको दीप प्रज्वलन सहित गर्नु भयो । सम्मेलनले कुमार पन्तको अध्यक्षतामा ६७ सदसीय जिल्ला समिति गठन गरेको छ । सम्मेलनले उपाध्यक्षहरुमा कविता वुढाथोकी र सुदीप गौतमलाई चयन गरेको छ । सचिवमा भेषवहादुर माझीलाई सहसचिवहरुमा राजु श्रेष्ठ, हरिकृष्ण श्रेष्ठ, टिका लामालाई र कोषाध्यक्षमा रामहरि श्रेष्ठलाई चयन गरेको छ ।
सो सम्मेलनमा महासंघका उपाध्यक्ष बावुराम गौतम, जगत सिम्खडा, अखिल नेपाल होटल, क्यासिनो तथा रेष्टुरा मजदुर संघका अध्यक्ष प्रकाश श्रेष्ठले पनिशुभकामना मन्तव्य राख्नु भएको थियो भने विभिन्न एरिया समितिको तर्फवाट भुपेन्द्र चौलागाई, रमेस खड्का, रामकुमार खड्का, खेम मैनाली, ध्रुव ढकाल, यम कार्की , नरेश डंगोल, मुक्ति दाहालले मौखिक एरिया समितिभित्रको प्रतिवेदन प्रस्तुत गरेका थिए । उनीहरुले न्युनतम वेतन रु १२४०० लागू गराउनु पर्ने, १० प्रतिशत सेवा शुल्क मजदुरहरुले सातप्रतिशत पाउनुपर्ने र सामाजिक सुरक्षा कार्यक्रमको कार्यान्वयन तत्काल हुनुपर्ने मागलाई वढि जोड दिएर उठाएका थिए । उक्त अवसर पारेर क्रान्तिकारी ट्रेड युनियन (वैद्य समूह) परित्याग गरी पुन मूलप्रवाहमा नै फर्किएका तिलक थापामगर र दिनेश खनाललाई अध्यक्ष शालिकराम जम्कट्टेल लगायतले स्वागत तथा बधाई दिनु भएको थियो ।
कुमार पन्तको सभापतित्वमा भएको कार्यक्रमको संचालन नरवहादुर लामिछानेले गर्नु भएको थियो । कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघका उपाध्यक्ष जय कार्की,  राजकुमार लामा, ध्रुव कोइराला, रुपक गुरुङ, माधव पाण्डे, अजिता सिम्खडा अखिल नेपाल होटल, क्यासिनो तथा रेष्टुरा मजदुर संघका केन्द्रीय स्तरका नेताहरु केशव गौतम, पिआर जोशी,  राजेश जोशी, सन्तान राई, गुणविष्णु श्रेष्ठ, रत्न नगरकोटी, भुवन श्रेष्ठ, झलक श्रेष्ठ,  कुमार रेग्मी, रोशन श्रेष्ठ, अप्सरा पाण्डे, हेम कार्की, कृष्ण जिसी, अन्जान धमाला र तोया भण्डारीको आतिथ्यता रहेको थियो । जिल्ला सम्मेलनलाई संगीतमय वनाएको थियो मजदुर शहीद सांस्कृतिक परिवारले विभिन्न शैली र स्वरका प्रगतिवादी नृत्य तथा गीत प्रस्तुत गरेर । सम्मेलनमा झण्डै ७०० जनाको उपस्थिति रहेको थियो ।



No comments: