Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Sunday, April 14, 2013

साहित्यकार तिगेलाको ‘गोप्यकुरा’ सार्वजनिक

काठमाडौं, १ बैशाख । प्रवासी साहित्यकार विश्वास दीप तिगेलाको नयाँ कृति गोप्यकुरा सार्वजनिक भयो ।संगीतकार राजकुमार बगरको एकल संगीत र तिगेलाको एकल शब्द रचनामा तयार भएको गीति एल्बम गोप्यकुरा लाई प्राज्ञ डा. गाविन्दराज भट्टराईले सार्वजनिक गर्नु भएको हो ।
कृतिका बारेमा प्राज्ञ ललिजन रावल, प्राज्ञ श्रवण मुकारुङ, प्राज्ञ अमर तुम्याहाङ, रमेश पौडेल, विनोदध्वज खड्का, तुलसी बस्नेत लगायत स्रष्टा स्वयं तिगेला र बगरले बोलेका थिए ।विभिन्न स्वादका गीत संगीत समेटिएका गोप्यकुराका गीतहरु सुनेर लोकप्रिय हुने आस गर्दै शुभ कामना दिएका थिए । नयाँ वर्ष २०७० को पहिलो दिनको अवसरको कारण सहभागी सबैले शुभकामना आदान¬–प्रदान पनि गरेका थिए । 
Biswas_CD_Bmochan (2).JPG

No comments: