Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Sunday, April 14, 2013

गजल - कामना मेरो नयाँ वर्ष !!!

सर्वप्रथम, सप्रेम माया संझनाका साथ मेरो न्यानो अभिवादन यहाँहरुलाई !!!
नयाँ वर्ष - २०७० सालको शुभ उपलक्ष्यमा हार्दिक भावना विचारहरु अभिव्यक्त गर्दै यहाँहरुलाई उपहार स्वरुप टक्र्याएको यो अनुरागी - गजल मार्फत तपाईंहरुको जीवनमा पूर्ण सफलता दिर्घायूको कामना प्रकट गर्दछु !!!
सुख शान्ति समृद्धि पाओस्, कामना मेरो नयाँ वर्ष
हौसला नयाँ उमङ्ग छाओस्, चाहना मेरो नयाँ वर्ष ।।

बेतेका काल अतित सम्झ, वर्तमान् तिम्रो काँधमा
मेल मिलाप् सद्भाव दाओस्, भावना मेरो नयाँ वर्ष ।।

दर्शन राम्रा आदर्श हाम्रा, अँगाल्नु सच्चा यथार्थ जो
गतिको पाइला प्रगति धाओस्, सामना मेरो नयाँ वर्ष ।।

जीवन यात्रा नियात्रा भित्र, झेल्नुछ सारा दु:-कष्ट
जुझारु धैर्य साहस आओस्, साधना मेरो नयाँ वर्ष ।।

हर्षको वर्षा खुशीमा जाओस्, कामना मेरो नयाँ वर्ष
ओंठको लाली प्रितमा छाओस्, चाहना मेरो नयाँ वर्ष ।।

No comments: