
आबुधाबीको केरला सोसियल सेन्टरमा सम्पन्न उक्त कार्यक्रममा प्रवासी नेपाली संघ यूएइका अध्यक्ष यमलाल शर्मा पङेनी , नेपाली जन संपर्क समितिका अध्यक्ष चित्र के.सी, एन आर एनका मध्यपुर्व उप संयोजक लोकनाथ सुबेदी, एन आर एन यूएइका अध्यक्ष चन्द्र रोकाहा, नेपाली समाज यूएइ तदर्थ समितिका अध्यक्ष राजु गुरुङ, लुम्बिनी वेल्फेयर सोसाइटीका अध्यक्ष डी यल शर्मा, सर्वदा वाङ्मय प्रतिस्ठानका दिपराज नेयोङ्हाङ, खस आर्य समाज यूएइका अध्यक्ष प्रकाश कोइराला, प्रवासी नेपाली महिला संघ यूएइकी सम्योजक सिता भुर्तेल, समाजसेवी सूर्य गिरी, ग्रीन लाइन ट्राभलका ठाकुर ढुंगाना, काठमाडौं रेस्टुरेन्टका भिम नारायण श्रेष्ठ लगायतको आतिथ्यता रहेको सो कार्यक्रममा बिभिन्न कलाकारहरूले आफ्ना साँस्क्रितिक कोशेली प्रस्तुत गरेका थिए ।
चिर परिचित गायक प्रकाश पौडेलले आफ्ना मिठा गीतहरू मार्फत दर्शकहरूलाई मनोरन्जन गराएका थिए । त्यसैगरी गायक निस्चल श्री, ज्ञान लामा, अशोक परीयार लगायतको सांगितिक प्रस्तुतिले कार्यक्रमलाई रोचक बनाउनुका साथै कलाकार श्याम गुरुङ र दिपक गुरुङको युगल न्रित्य, दुर्गा लामा एवं रिजन थापाको एकल न्रित्य र बिजय पौडेल तथा देबी भुर्तेलका साथमा अन्य कलाकारहरूको प्रत्यक्ष दोहोरीले उपस्थित दर्शकहरूको मन जित्न सफल भएको थियो ।

एन आर एन यूएइका अध्यक्ष चन्द्र रोकाहाले नेपालमा सहज लगानीको वातावरण बने बिस्वभर छरिएका गैर आवासिय नेपालीहरूले नेपालको बिकाशमा ठुलो लगानी भित्र्याउन सक्ने र एन आर एनको सामुहिक लगानीको प्रतिबद्धता अनुसारको प्रक्रिया निकै अगाडी बढीसकेको जानकारी गराउदै निकट भबिस्यमै गैर आवासिय नेपालीहरूको सामुहिक लगानीमा नेपालमा हाइड्रो पावर सन्चालन हुने बताए ।
नेपाली जन संपर्क समितिका अध्यक्ष चित्र के.सी ले जनतालाई धम्क्याउने, तर्साउने , लोकतान्त्रिक मुल्य मान्यतामा चलेको राष्ट्रमा ३० बर्ष एकल शासन गर्छु भन्ने , जातिय राज्यको भ्रम छरेर नेपालीहरुका बिचमा अबिस्वासको खाडल पैदा गर्ने एमाओबादीलाई बेलैमा जनताले चिनेर लोकतान्त्रिक शक्तिहरूलाई बिजय गराए मात्रै नेपालको नयाँ संबिधान बन्न सक्ने स्पस्ट पारे ।
कार्यक्रमका प्रमुख अतिथि युवा संघ नेपालकी उपाध्यक्ष निरु पालले अरुको देशमा राती १२ बजे पनि झलमल्ल देखिने तर आफ्नो देशमा दैनिक १६ घण्टा सम्मको कहाली लाग्दो लोड सेडिङका बिचमा जनताको दैनिकी कस्टकरपुर्ण तरिकाले चल्ने गरेकामा चिन्ता ब्यक्त गर्दै राष्ट्रलाई बिकशित कसरी गराउने भन्ने तर्फ आफूहरूले ध्यान केन्द्रित गरेको बताउदै एन आर एनले हाइड्रो पावरमा लगानी गर्न लागेको प्रत्यक्ष सुन्न पाउदा खुशी लागेको बताउनु भयो । राजनितिक प्रसँगमा उहाँले नेपाली जनताको ठेक्का एमाओबादीले लिएको छैन् भन्दै ३० बर्ष शासन गर्ने बाबुरामको सपना सपनामै बिलाएको र पुन: सोही सपना देख्ने कोशिस गरे युवा संघ नेपालले निन्द्रै पर्न नदिने भन्दै स्कुलका कक्षामा मात्रै नभै बाबुराम कुशासन र भ्रस्टाचारमा पनि प्रथम हुँदै कयौं राष्ट्रघाती कदम चालेको र नेपालका प्रमुख बिमानस्थलहरू भारतीय सुरक्षाको जिम्मा लगाउने कदम एउटा उदाहरण भएको बताउनु भयो । सस्तो लोकप्रियताका लागि जस्तोसुकै नौटन्की गर्न पछि नपर्ने, जनबिरोधी र राष्ट्रियता माथी आँच पुग्ने काम गर्ने, निहित स्वार्थका लागि राष्ट्रको ढुकुटीको दुरुपयोग गर्ने, यो वा त्यो बहानामा जनतामा त्रास र आतंक फैलाउने, सामाजिक सद्भाव बिथोल्नेहरूलाई आबस्यक परेको खण्डमा अन्तरराष्ट्रिय अदालत हेग पुर्याउन युवा संघ नेपाल सक्षम छ र युवा संघले त्यो हैसियत राख्छ भन्ने यथार्थता बारम्बार पुस्टी भईसकेको छ भन्दै युवा संघ अनुशासित संगठन भएकोले कसैमाथी जाइ नलाग्ने तर आइलाग्नेलाई कदापी नछोड्ने बताउनु भयो । युवा स्वरोजगार मार्फत अर्वौं रुपैया एमाओबादीले आफ्ना कार्यकर्तालाई बाड्न लाग्दा राष्ट्रको त्यो धन रोक्ने र सगरमाथ चढ्ने कथित निहुँमा २ करोड रुपैया राज्यको ढुकुटी बाट प्रकाश दाहाललाई दिने सरकारको निर्णय फिर्ता गराउने यहि युवा संघ हो भन्दै देशको यो अती सम्बेदनशिल परिस्थितिमा दल भन्दा बाहिरका ब्यक्तिहरूलाई संबिधान सभाको निर्वाचन गराउनको लागि सरकार चलाउन दिएको र आगामी कार्तिक मङ्सिर सम्ममा संबिधान सभाको निर्वाचन गराउन यो सरकार असक्षम भएमा त्यतिबेला युवा संघ नेपाल चुप लागेर नबस्ने उहाँको भनाइ थियो । राष्ट्र निर्माणको जिम्मा युवाको काँधमा आइपरेकोले नेपाल भित्र र बिस्वभर छरिएर रहेका सम्पुर्ण नेपाली युवाहरू सबैका नजरमा रहरलाग्दा युवा बन्नु पर्नेमा उहाँले जोड गर्नु भयो ।
कार्यक्रमका सभापति संघका अध्यक्ष महेस गिरीले नयाँ बर्षको शुभकामना बाँड्दै उपस्थित सम्पुर्ण नेपालीहरूलाई धन्यबाद ज्ञापन गर्दै कार्यक्रमको समापन गरे ।
No comments:
Post a Comment