समाचारदाता,
२१ चैत्र अखिल नेपाल क्रान्तिकारी टे«ड यूनियन महासंघको घटक संगठन सञ्चार छापाखाना र प्रकाशन मजदुर संघ हेलो नेपाल इकाइ कमिटीको घोषित संघर्षका कार्यक्रम अन्तर्गत बुधबार बालाजु र भक्तपुर गरी एनसेलका २० वटा मूख्य टावरहरु ध्वस्त भएका छन् । जसबाट ८१ वटा साइटमा सम्पर्क विच्छेद भएको छ । बालाजुमा ध्वस्त गरिएका टावरबाट सानो भ¥याङ, ठूलो भ¥याङ, ककनी, टोखा, नुवाकोटदेखि रसुवासम्मका सबै साइट टावरहरु निष्कृय भएका छन् भने भक्तपुर नयाँ ठिमीका मूख्य टावर ध्वस्त हुँदा काभ्रे, सिन्धुपाल्चोक हुँदै नेपाल चीन सिमाना तातोपानीसम्मका ६२ वटा साइट निष्कृय भएका छन् । यसअघि १४ वटा मूख्य टावहरु ध्वस्त भएका थिए भने अहिलेसम्म ती टावरहरु मर्मत गर्ने ठेकेदार कम्पनीहरुले मर्मत गर्न अस्विकार गर्दै आएका छन् ।
नेपाल स्याटलाइट टेलिकम हेलो नेपालबाट निष्काशित ८७ जना कर्मचारीहरुलाई निशर्त पुनर्वाहाली गर्न माग राख्दै संघले गत मंसीर २० गतेदेखि आन्दोलन गर्दै आएको छ । २०११ मा हेलो नेपाललाई बहुराष्ट्रिय कम्पनी टेलियासोनेराले खरिद गरेपछि अहिले टेलियासोनाको नेपाल मूख्यालय एनसेलमा पनि आन्दोलन शुरु भएको थियो । गत सोमबार कलंकीस्थित एनसेल सेन्टरमा मजदुरहरुले आक्रमण गर्दा ३ करोड बराबरको क्षति भएपनि टेलियासोनेराले सो घटनालाई सार्वजनिक गरेको थिएन । बुधबार ध्वस्त भएका २० वटा टावरबाट सञ्चालित ८१ वटा साइटहरु निष्कृय हुँदा दैनिक आम्दानी हुने करोडौं रकम टेलियासोनेरालाई घाटा भएको छ भने टावर मर्मत गर्न ३ करोड बराबरको रकम लाग्ने बताइएको छ ।
माग सम्बोधन गर्न दवाव लिने उद्दे्श्यले मजदुरहरुले २ साताअघि एनसेलकै मुख्यालय कृष्णटावरमा आक्रमण गरेका थिए । माग पुरा गर्न दवाव दिने उद्देश्यले मजदुरहरु टावर र एनसेल सेन्टरहरु ध्वस्त गर्न बाध्य भएको मजदुरहरुले बताएका छन् । अझै पनि सुनुवाई नभए नेपालबाटै टेलियासोनेरालाई धपाउन बाध्य हुने उनीहरुको चेतावनी छ ।
No comments:
Post a Comment