Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Thursday, April 4, 2013

१९ औँ खुलादिसा मुक्त सोनपुर प्रमाणिकरण


गोविन्द खड्का
सोनपुर दाङ,२२ चैत्र खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति दाङले सोनपुर गाविसलाई १९ औँ  खुला दिसा मुक्त गाविसको रुपमा प्रमाणिकरण गरेको छ । अजा खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव एवं खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्रमुख अरुण कुमार सिमखडाको नेतृत्वमा गएको अनुगमन टोलिले प्रमाणिकरण गरेको हो ।
अनुगमन टोलिका प्रमुख सिमखडाले सोनपुरका टिकुली गढ, सुनडबरी, श्रीगाउँ, जखेरा नर्ति लगाएतका स्थानमा स्थलगत अनुगमन गरेको थियो । सो अवसरमा करिब १५÷२० ठाउँमा ढोकामा पल्ला नजोडेको, छानो नहालेको र केहि ठाउँमा प्रयोग गर्न शूर नगरेको पाईएको थियो । अभियानमा लागेको कमाण्डो, राजनैतिक दलका प्रतिनिध र गाविस सरसफाई स मितिले प्रतिवद्धता जनाएकाले घोषणा अघि गर्न जिम्मा दिईएको छ । यसैगरी अनुगमन टोलिले अभियात्री प्रमोद भुषाल प्रति समवेदना व्यक्त गरेको छ । शुरु देखिनै अभियानमा खटिएका धिताल चैत्र १८ गते मृत्युभएकाले घरमै गएर समवेदना दिएको हो । 
अभियान टोलिमा जिल्ला शिक्षाकार्यालय दाङका उपसचिव ओम प्रकाश न्यौपाने, गाविस सचिव श्रीलाल चौधरी, खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्राविधिक शान्ता घर्ति र तिल बहादुर केसी, खानेपानी महासंघका धु्रर्व ठकुरी, खानेपानी सरसफाई तथा स्वच्छता पत्रकार फोरमका सदस्यहरु दशरथ घिमिरे गोविन्द खड्का पत्रकार श्रवण वस्नेत लगाएत स्थानिय राजनैतिक दल र कमाण्डोको सहभागिता रहेको थियो ।
अहिले सम्म सबै भन्दा समस्या देखिएको दपेन्द्र प्रहरी वोर्डिङको जग्गामा ६५ घर र पद्मादय भरतपुरको जग्गामा १ सय ६५ घर बसेका छन् । उनिहरुले पनि दुईसिट राखेर शौचालय बनाएका छन् । कुनै समयमा रातमा नबस्नेको उठ्ने नियम बनाएका थिए । अहिले पनि शौचालय नबनाए उठ्ने उर्दि जारी गरेका छन् । त्यस बारेमा अभियान टोलि अलमलमा परेको बताए । उनिहरुलाई गणना नगर्दा गाविस भरी करिब २६ सय घरधुरी रहेको सबैमा शौचालय बनिसकेको छन् । 
गत वर्ष अभियान शूरु गर्दा गाउँमा थोरै शौचालय भएको गत माघ देखि अभियान तिव्ररुपमा अघि बढेको कमाण्डो संयोजक रामभजन चौधरीले जानकारी दिनुभयो । वहाँका अनुशार शौचालय नबनाउनेलाई गाविसका सबै सेवा सुविधा रोकिएको छ । अधिकांश चौधरी वस्ती, केहि दलित र वाहुन क्षेत्री रहेको गाविसमा यसपटक सामाजिक शुरुक्षा भत्ता समेत रोकिने भएको छ । सबै भन्दा समस्या ५ नम्बर वडाका सोनपुरका टिकुलीगढ, जखेरा, फाल्कापुर र ४ नम्वरका श्रीगाउँमा देखिएको वहाँले जानकारी दिनुभयो । 

No comments: