Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Saturday, April 6, 2013

डिभिजन थ्रीको पहिलो खेलमा नेपाल र अमेरिका भिड्ने


ICC-division-3
२३ चैत, काठमाडौं । आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन थ्रीको पहिलो खेलमा नेपालले अमेरिकाको सामना गर्ने भएको छ ।
आयोजक बर्मुडाले शुक्रबार सर्बाजनिक गरेको ड्र अनुसार नेपालले अपि्रल २८ मा आफ्नो पहिलो खेलमा अमेरिकाको समना गर्ने छन् । नेपाल र अमेरिका डिभिजन फोरबाट बढुवा भएका हुन् ।
यस्तै अपि्रल २९ मा युगाण्डासँग खेल्ने नेपालले मे १ मा घरेलु टोली बर्मुडाको सामना गर्नेछ । यस्तै मे २ मा ओमानसँग खेल्नेछ भने मे ४ मा नेपालले इटलीको सामना गर्नेछ ।
डिभिजन थ्रीको तयारीका लागि नेपाली टोलीको बन्द प्रशिक्षण शनिबारबाट सुरु हुनेछ । केही दिन अघि सम्पन्न एसीसी ट्वान्टी-२० कप क्रिकेटको उपविजेता नेपाली टोलीले डिभिजन थ्रीका लागि राम्रो दावेदारी प्रस्तुत गरेको पूर्व कप्तान विनोद दास बताउँछन् ।
डिभिजन थ्रीको शीर्ष दुई टोली विश्वकपको छनोटका लागि चयन हुनेछ । डिभिजन थ्रीको शीर्ष दुई, डिभिडन टुको चार र शीर्ष डिभिजनको ६ गरी १० खेलले विश्वकप छनोट खेल्नेछन् । डिभिजन थ्रीको शीर्ष दुईमा पर्दै विश्वकप छनोटको शीर्ष दुईमा पर्न सके नेपालले विश्वकप मात्र खेल्न छैन, एक दिवसीयको मान्यता पनि पाउनेछ ।

No comments: