लालबहादुर ढेंगा, दुबई । आगामी ३ मे शुक्रबारका दिन युएईमा क्रियाशिल रहेका विभिन्न संघ संस्थाहरुको माउ संस्था नेपाली समाज युएईको निर्वाचन हुने भएको छ । नेपाली समाज युएईको तदर्थ समितिका संयोजक राजु गुरुङको अध्यक्षता तथा आजीवन सदस्य, विभिन्न संघ संस्था र समाजसेवीहरुको रोहबरमा गत हप्ता दुबईको एभरेष्ट होटलमा एउटा सभा गरी सो निर्वाचन गर्न लागेका हुन् ।
उक्त निर्वाचनका लागि विभिन्न बिषयमाथि छलफल गर्ने हेतुले गत हप्ता नेपाली समाज युएईका तदर्थ समितिको दुबईस्थित एभरेष्ट होटलमा साधारण सभा सम्पन्न भएको थियो । तदर्थ समितिका संयोजक राजु गुरुङको अध्यक्षता तथा विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरु, आजीवन सदस्य र समाजसेवीहरु उपस्थित रहेको सभालाई भरत राना मगरले संचालन गरेका थिए ।
बिधान संशोधन समितिले तयार पारेको संशोधित बिधानमाथि छलफल गर्नुका साथै संशोधित बिधानलाई अब बस्ने नयां समितिले पारित गर्ने परिचालित निर्वाचन समितिले यस समितिको मातहतमा रहेर पूरानो बिधानलाई नै मध्यनजरमा राख्दै आगामी ३ मे शुक्रबारका दिन निर्वाचन गर्ने गरी आचार सांहिता र कार्यतालिका समेत प्रस्तुत गरेका छन् ।
जसमा क्रमशः (१) १९ अप्रिलका दिन नयां सदस्यता दर्ता, संस्था दर्ता र नविकरण गर्ने (२) २० अप्रिलका दिन मतदाता पञ्जिकृत सदस्यहरुको पहिलो सूची प्रकाशन गर्ने (३) २५ अप्रिलका दिन मतदाता सूचीमा दावी बिरोध गर्ने (४) २६ अप्रिलका दिन मतदाताहरुको अन्तिम सूची प्रकाशन गर्ने र उम्मेदवारहरुले उम्मेदवारी दिने (५) २७ अप्रिलका दिन उम्मेदवारको प्रथम सूची प्रकाशन गर्ने, उम्मेदवारहरु बिरुद्ध बिरोध र उजुरी गर्ने सक्ने जस्ता नियमहरु तोकेका छन् ।
त्यस्तैगरी (क) उम्मेदवारहरुको साक्षात्कार (छलफल, प्रश्नोत्तर, बक्तब्य) (ख) उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिन सक्ने (ग) उम्मेदवारहरुको अन्तिम सूची (नामावली) प्रकाशन गर्ने (घ) कार्यसमितिमा रहेका पदहरुभन्दा बढिको उम्मेदवारी रहेमा चुनाव (मतदान) मा जाने, चुनाव महाधिवेशन मै हुने र इलेक्ट्रोनिक माध्यमबाट समेत हुन सक्ने जानकारी गराएका छन् ।
निर्वाचन आचार सांहिता तथा नियमावली भने यस प्रकार रहेको छ । (१) निर्वाचनमा भाग लिन नेपाली समाज युएई तदर्थ समितिले जारी गरेको पञ्जिकृत सदस्यहरुको सदस्यता प्रमाण–पत्रको प्रतिलिपि अनिवार्य हुने छ र इलेक्ट्रोनिक माध्यमबाट हुने मतदान प्रक्रियाका लागि कम्तीमा सदस्यहरुको मोबाइल नम्बर अनिवार्य हुने छ । (२) निर्वाचन समितिमा रहेका कसैले पनि आंफै उम्मेदवार बन्ने या कुनै पनि उम्मेदवारहरुको प्रस्तावक या समर्थक रहन पाउने छैनन् । कसैको पक्ष या बिपक्षमा बोल्नु या प्रचार गर्नु यो आचार सांहिताको उलन्धन गरेको मानिने छ, र आवश्यक कार्वाही हुन सक्ने छ । (३) उम्मेदवारहरुले पनि अन्य उम्मेदवारहरुको प्रस्तावक या समर्थक रहन पाउने छैनन् । कसैको प्रस्तावक या समर्थक रहिसकेकाहरुले पछि आंफै उम्मेदवारी दिएको पाइएमा त्यो पछि दिइएको उम्मेदवारी स्वतः रद्द गरिने छ ।
उम्मेदवारहरुले आफ्नो प्यानल खडा गरी सामुहिक उम्मेदवारी दिन तथा समूहगत प्रचार गर्नुलाई समेत आचार सांहिताको उलन्धन मानिने छ र निर्वाचन समितिले आवश्यक कार्वाही गर्न सक्ने छ । (५) कुनै पनि उम्मेदवारहरुले राजनैतिक, धार्मिक, जातीय या क्षेत्रीय नारा दिई प्रचार गर्न पाउने छैनन्, र उम्मेदवारहरुले एक अर्काको बिरुद्ध व्यक्तिगत टिका टिप्पणी तथा गाली गलोच गर्न पाउने छैनन् । यस्तो गरेको पाइएमा पनि आचार सांहिताको उलन्धन गरेको मानिने छ र निर्वाचन समितिले आवश्यक कार्वाही गर्न सक्ने छ । (६) नेपाली समाज युएईका सम्पूर्ण सदस्य तथा पदाधिकारीहरुका लागि उम्मेदवारहरु बिशुद्ध चरित्र तथा आचरण भएका, निस्वार्थ भावनाले नेपाल र नेपालीहरुका लागि समाजप्रति तन, मन, धन र समय दिई समाजप्रति पूर्ण निष्ठावान समाजसेवीहरु हुनुपर्ने छ । (७) यस समाजको कुनै पनि निकायमा रहि पद मुताविक समाजमा बुझाउनु पर्ने सदस्यता शुल्क नबुझाउने, बेरुजु फस्र्यौट नगर्ने, कबोल गरिएको रकम Mandatory
Contribution नदिने तथा समाजको कोष समाजको बैंक खातामा जम्मा नगरी अनधिकृत तवरमा खल्तीमा राखनेहरुको उम्मेदवारी स्वत रद्द गरिने प्रावधान गरिएको छ ।
No comments:
Post a Comment