चलचित्र निर्माता संघको चुनाव नजिकिदै
जाँदा यसको सरगर्मी पनि बढेको छ । अध्यक्ष पदका लागि राजकुमार राई, केशव
भट्टराई र उदय सुब्बाको नाम चर्चामा छ । तर अहिलेका महासचिव केशव भट्टराई
अध्यक्ष पदका लागि उम्मेदवारी दिने या नदिने भन्ने बिषयमा दोधारमै छन् ।
उनी
चुनाव लड्न आउने अन्य टिम हेरेर मात्र उम्मेदवारी दिन सक्ने बताउँछन् ।
केशवले भने, ‘अहिले नै यो बिषयमा सोचेको छैन, काम गर्ने टिम राम्रो आउने
संकेत देखिएको खण्डमा मात्र मेरो उम्मेदवारी हुनेछ ।’
निर्माता संघको अध्यक्ष पदका लागि अझै
सोच्न नसकेका केशव भट्टराई जनपक्षिय चलचित्रकर्मी संघको अध्यक्ष पदमा
सर्वसम्मत विजयी भएका छन् । शनिबार उनी एमाले निकट चलचित्रकर्मीहरुको यो
संगठनको कार्यभार सम्हाल्न तम्सिएका हुन् ।
अनलाइनखबरसँग कुरा गर्दै केशवले भने, ‘अब
यो संगठनलाई देशव्यापी बनाउने र नेपाली सिनेमाका ज्वलन्त समस्याहरुलाई हल
गर्ने योजना मेरो छ ।’ नेपाली सिनेमाका समस्यालाई उठान गरेर पार्टी र
चलचित्र बिकास बोर्डलाई दबाब दिने योजनामा केशव छन् । अहिले यो संघमा २९
सदस्य केन्दि्रय समिती बनाइएको छ ।
No comments:
Post a Comment