Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Sunday, April 7, 2013

बार्सिलोनामा फेब्रिगासको पहिलो ह्याट्रिक

२५ चैत, काठमाडौं । बार्सिलोना स्पेनिस ला लिगा फुटबलको उपाधि नजिक पुगेको छ । शनिबार राति भएको खेलमा सेफ फेब्रिगासको ह्याट्रिकको मदतमा लिगको पुछारमा रहेको मालोर्कालाई ५–० ले पराजित गरेको हो ।
Cesc Fabregas
बार्सिलोना अर्जेन्टिनी स्टार लिओनल मेस्सी विना मैदान उत्रिएको थियो । नाउ क्याम्पमा भएको यक पक्षीय खेलमा २० औं मिनेटमा गोल गर्दै फेब्रिगासले बार्सिलोनालाई अग्रता दिलाए । २२ औं मिनेटमा एलेक्स सान्चेजले अग्रता दोब्बर पारे भने ३७ औं मिनेटमा फेब्रिगासले दोस्रो गोल गरे ।
३८ औं मिनेटमा सान्चेजले गोल गर्दै बार्सिलोनालाई ४–० को जित दिलाए । फेब्रिगास र सान्चेजले एक अर्कोको पासमा २–२ गोल गरे । दोस्रो होपको सुरुमा नै इनिष्टाको पासमा गोल गरेपछि फेब्रिगास बार्सिलोनाका लागि पहिलो ह्याट्रिक गर्न सफल भए ।
जितपछि बार्सिलोनाको १३ अंकको अग्रता कायमै छ । उसको ३० खेलबाट ७८ अंक छ भने दोस्रो स्थानमा रहेको रियल मड्रिडको ६५ अंक छ । बार्सिलोनाले यो सिजन ला लिगामा २५ जित निकाल्दा २ हार र ३ बराबरी खेलेको छ । अब ३ जित र १ बराबरीले बार्सिलोनालाई उपाधि दिलाउनेछ ।

No comments: