अर्जुन काफ्ले
क्वालालम्पुर । फेब्रुअरीको पहिलो हप्ता
एकाविहानै कामका लागि साथीसँगै कम्पनी हिँडेका तनहुँका सन्त गुरुङ्ग बाटैमा
लुटिए । उनका साथमा रहेको एक थान मोवाइल पनि लुटेराले लगे । त्यसयता उनी
सधैंजसो त्रासमा बस्न थालेका छन् । ’बाटामा हिँड्दै थियौं एक्कासी पछाडिवाट
मोटरसाइकलमा आएका लुटेराले समातेर सामान खोसे ।’ गुरुङले भने-’लुटेराबाट
बच्न खोज्दा अर्का साथी घाइते भए ।’
शाह आलममा बस्दै आएका स्याङ्गजाका जीवन
गुरुङ्गले पनि थुप्रैपटक लुटेराको सामना गरेका छन् । उनको अनुभव छ-
‘लुटेराहरुले मोटरसाइकलदेखि कारसम्म प्रयोग गर्छन् । को लुटेरा हुन् भन्ने
नै थाहा हुँदैन ।’ झापा घर भई सात वर्षदेखि मलेसिया बस्दै आएका विजय
मिश्रको अनुभवमा लुटेराले सवारी साधनको नम्बर प्लेट छोपेर लुट्न आउने र
भाग्ने गर्छन् ।
साथमा पैसा र अन्य सामाग्री नभए लुटेराले
नेपाली श्रमिकमाथि कुटपिट गर्ने गरेको अनुभव सुनाउँछन सुनसरीका पदम अधिकारी
। उनको दुखेसो छ-’पैसा नपाए हतियार प्रयोग गरी घाइते बनाउँछन् । अपाङ्ग नै
हुने डर हुन्छ ।’ केही समयअघि यस्तै घटनावाट पीडित भएका उनी अहिले एक्लै
होस्टेल बाहिर निस्कँदैनन् । ‘बैंक र बजार जान पनि समुह बनाएर मात्रै जाने
गरेको छु’-उनले आफनो पीडा सुनाए । प्रतिकार गर्न खोज्नेहरुलाई लुटेराले
हतियार प्रयोग गरी घाइते बनाउने गरेको अनुभव छ जोहरबारु बस्दै आएका
मोरङ्गका नारायण पोख्रेलको । उनी भन्छन्-’धेरै साथी प्रतिकार गर्न खोज्दा
घाइते भई अस्पताल बसेका छन् ।’ लुटेराले साथमा हतियार बोकेर हिँडने गरेको
पोख्रेलको भनाइ छ ।
मलेसिया आएको एक महिनामै आफु लुटिएको पीडा
दाङका आशु चौधरीको छ । ‘लुटेराले परिचित जस्तो गरेर बोलाए, नजिक
जानेवित्तिकै चक्कु देखाएर नगद लुटे ।’ चौधरीले भने- ‘यस्तो अबस्थामा कसलाई
विश्वास गर्नु ?’ ग्यान्टिङ्ग हाइलैण्ड बस्दै आएका मोरङका गोविन्द खनाल
लुटेराहरुले विदेशी कामदारलाई पहिचान गरेर लुटने गरेको अनुभव सुनाउँदै
भन्छन्-’सँगै हिँडेका स्थानीयलाई केही गर्दैनन्, हामीलाई मात्रै लुट्छन
।’ कैलाली घर भई साहआलममा कार्यरत कृष्ण गिरी राम्रा कम्पनीको तलव कहिले
आउँछ भन्ने हेक्का राखेर लुटेराले योजना बनाउने गरेको बताउँछन् । तलव आउने
दिनमा बाटो ढुकेरै लुट्ने गरेको उनले सुनाए ।
कतिपय कम्पनीले भने बाहिर लुटपाटका
घटनाहरु हुन थालेको जानकारी पाएपछि कम्पनीभित्रै या नजिकै एटिएम मेशिनको
व्यवस्था गरेका छन् । तर, अधिकांश कम्पनीमा यस्तो सुविधा नभएको श्रमिकहरुको
गुनासो छ । नेपाली दुतावासले पनि यसमा चासो लिएर जनचेतनाको कार्यक्रम
थाल्ने हो भने रगत र पसीना बगाएर कमाएको पैसा लुटिनबाट नेपालीहरु जोगिने
थिए कि
No comments:
Post a Comment