Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Thursday, April 4, 2013

"मेरै देश रमाइलो"


पाटी र पौवा गरा र पाटो मेरै देश रमाइलो
बन र जंगल बाटो र घाटो मेरै देश रमाइलो
झरे नी आँशु म त्यहीं बाँचु परेली पुछेर
लाग्दछ अब स्वर्गको साटो मेरै देश रमाइलो
शितल हावा चल्दछ सारा कुना र कन्दरा
स्वर्ग छ वहाँ नबन लाटो मेरै देश रमाइलो
फर्कौं परदेशी ! गाउँ र बेशी पुकार गर्दा हुन्
सुखको छाक खाउँला आटो मेरै देश रमाइलो
बेली चमेली फुल्दछन् जहाँ भंवरा भुल्दछ्न्
गौतम बुद्ध जन्मेको माटो मेरै देश रमाइलो
मनसून
कुवैत

No comments: