१९ चैत, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आगामी वैशाख १ गते चीन भ्रमणमा जानु हुने भएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणमा
प्रचण्डसहितका नेताहहरु चीन जान लागेको हो । अध्यक्षसहितको साना टोली वैशाख
१ गतेबाट चीन भ्रमणमा जाने तय भएको छ’ नेता हरिबोल गजुरेलले अनलाइनखबरसँग
भन्नुभयो-’भ्रमणका क्रममा उच्चस्तरीय भेटवार्ता हुनेछ ।’ उहाँका अनुसार
भ्रमणका क्रममा प्रचण्डले चिनियाँ राष्ट्रपति सी जिनपिङसहितका उच्च
नेताहरुसँग भेटवार्ता गर्नु हुनेछ ।
चीनबाट फर्किए लगतै प्रचण्डले भारतको समेत भ्रमण गर्ने कार्यक्रम रहेको छ
। ‘भारतबाट पनि निम्तो आएको छ’ गजुरेलले भन्नुभयो-’चीनबाट फर्किएलगतै भारत
जाने कुरा छ ।’ प्रधानमन्त्री भएको समयमा भारत गएयता प्रचण्डले दिल्ली
भ्रमण गर्नु भएको छैन ।
एमाले महासचिव भारत प्रस्थान
यसैबीच नेकपा एमालेका महासचिव ईश्वर
पोखरेल भारत भ्रमणका लागि सोमबार कोलकाता प्रस्थान गर्नुभएको छ । भारतीय
कम्युनिष्ट पार्टीको नवौं महाधिवेशनमा सहभागी हुन उहाँ त्यसतर्फ जानुभएको
हो ।
महासचिव पोखरेलका साथमा पार्टीका विदेश
विभाग सचिव केशव पाण्डेसमेत हुनुहुन्छ । नेताद्वय बिहीबार स्वदेश र्फकने
कार्यक्रम रहेको एमालेले जनाएको छ ।
No comments:
Post a Comment