१८ चैत, काठमाडौं । बार्सिलोनाको स्टार
फर्वाड लिओनल मेस्सी स्पेनिस ला लिगामा सबै विपक्षी टिमविरुद्ध गोल गर्ने
पहिलो खेलाडी बनेका छन् ।
शनिबार राति बार्सिलोनाले सेल्टाभिगोसँग
२–२ को बराबरी खेल्दा १ गोल गरेपछि मेस्सीले ला लिगामा बार्सिलोनाका १७ बटै
टिमविरुद्ध गोलको कीर्तिमान बनाएका हुन् । पछिल्लो १९ खेलमा लगातार गोल
गर्दै आएका उनको यो २९ औं गोल हो ।
ला लिगामा ९ खेल खेल्न बाँकी रहँदा ७५ अंक
जोडेको बार्सिलोनाको १३ अंकको अग्रता कायमै छ भने ला लिगामा लिओनल
मेस्सीको यो सिजन गोल संख्या ४३ पुगेको छ ।
No comments:
Post a Comment