Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Tuesday, April 9, 2013

गोरखा सेवा समाज यू.ए.ई द्दारा बिशेष भेला तथा बनभोज कार्यक्रम सम्पन्न..

बिनोद श्रेष्ठ "क्रान्ति"
दुबई,९ अप्रिल- गोरखा सेवा समाज यू.ए.ई द्दारा गत अप्रिल ५ मा नयाँ बर्ष ०७० को आगमन सगै शुभ कामना आदान प्रदान साथै बनभोज कार्यक्रम दुबईको जबिल पार्कमा संस्थाको केन्द्रिय अध्यक्ष 
 शुरेश ढकालको अध्यक्षतामा सम्पन्न गह्यो ।

गोरखा सेवा समाजका संस्थापक उत्तम अधिकारीको प्रमुख आथित्यमा र रोशन लामिछानेको स्वागत मन्तव्य तथा भीम श्रेष्ठको संन्चालनमा भएको उक्त कार्यक्रममा यू.ए.ई भरी छरिएर रहनु भएका सम्पुर्ण गोरखा जिल्ला बासिको बाक्लो उपस्थितिमा आउँदै गरेको नयाँ बर्ष ०७० को शुभ कामना आदान प्रदान  साथै राष्टि्य कलाकारका साथमा भरपुर मनोरन्जन एवं श्रमिक साथिहरू भाबना, गजलहरू प्रस्तुत गरिएको थियो , भने संस्कृतिक संयोजक रोशन लामिछानेबाट नेपाली दोहोरिको झमक अनि महिला दिदि बहिनीहरूको रूमाले नाँचले माहोल अझै तताएको थियो । 


 २२ मार्चमा दुबई मेट्रो पार्कमा बसेको केन्द्रिय समिति बैठकको निर्णय अनुसार सस्थाको केन्द्रिय समिति हेरफेर  समन्धमा पनि आम जिल्ला बासि बिच निकै छलफल पछि नयाँ थप कार्य समिति चयन गर्यो । जसमा महासचिब:- शिव पोखरेल, उपाध्यक्ष क्रमश प्र. बिमला भट्ट (दुबई) नर गुरुङ् (शारहजा) र हस्त सुनार( आबुधाबी )रहनु भएको छ। यसै गरी सचिबमा भीम श्रेष्ठ तथा संवाह सचिब एवं प्रबक्ता विनोद श्रेष्ठ क्रान्ति रहनु भएको छ, भने ज्ञानेन्द्र कुमार श्रेष्ठ ,रोशन लामिछाने, रत्न घले, भुबल परिवार सदस्य रहनु भएको छ। सोहि समारोह बिच संस्थाका सस्थापक एवं संरक्षक उत्तम अधिकारी बाट नवनियुक्त पदाधिकारीहरू लाइ सफथ लिइनुका साथै सस्थाको लोगो अंकित टि-शर्ट सार्बजनिक गरियो। 

गरिमामय  ऐतीहासिक बिशेषता  बोकेको बीर पुर्खा हरुको स्वाभिमानले संसारको हरेक कुनाहरुमा आफ्नो  छुट्टै पहिचान राख्न सफल गोर्खालिहरू बैदेशिक रोजगारको निम्ति यु.ए.इ मा छरिएर रहनु भएका सम्पर्ण गोर्खालि दाजु भाइ , दिदि बहिनिहरू लाइ समेट्दै प्रवासमा जिल्लाबासीहरूको पिर मर्का एवं जिल्लाको ऐतिहासिक पहिचानको निम्ति केही गर्न सकिन्छ ? कि भन्ने उदेश्यले स्थापना भएको यो विशुद्द सामाजिक संस्था गोरखा सेवा समाज यू.ए.ई ले आँउदो पोहिलो बैठक बाट नै पुर्णता  पाउँने बताउदै सस्थाका अध्यक्ष शुरेश ढकालले  भबिश्यमा दीन दुखी अनि समाजिक क्षेत्र मा पीडीत हरेक जात,जाती भाषाभाषिहरुको  भावनालाई बुजेर बिकसित समाजको स्थापना गर्ने हाम्रो चाहना माथी सम्पूर्ण गोरखा बासीहरुको अमुल्य सुजाव को आशा राख्दै कार्यक्रमको समाप्ति को घोषणा गर्नु भयो ।
कार्यक्रमको फोटो फिचर....................


No comments: