Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Tuesday, April 9, 2013

अमेरिकामा संघीय लिम्बुवान समाज अमेरिकाको विधिवत गठन


राम सोदेम्बा लिम्बू
न्युयोर्क, (यू.एस.ए) अप्रिल ७२०१३| अमेरिकाको न्यूयोर्क शहरको ज्याक्सन्हाईट्समा ७ अप्रिल २००७ (चैत्र २५) का दिन राम चोङ्बाङ लिम्बूको अध्यक्षतामा २७ सदस्ययीय संघीय लिम्बुवान समाज अमेरिकाको कार्य समिति घोषणा भएको छ ।नव घोषित संघीय लिम्बुवान समाज, अमेरिकाको कार्य समितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्षहरू केशर लिम्बूदिपेश लिम्बू (खाम्बेक) र बीरेन्द्रहाङ लाबुङ लिम्बू (न्यू योर्क), रोशन लिबाङ (क्यालिफोर्निया), महेश लिम्बू (म्यासाचुसेट्स), सुहाङ (टिनेस्सी), पूर्ण लिम्बू (कनेक्टिकट), शेरसिंह लिम्बू (डिसीतथा दिल सेनेहाङ (टेक्सासरहेका छन् 
समितिका महासचिवमा राम सोदेम्बा लिम्बू रहनुभएको छ भने सचिवहरूमा योगेश लिङ्देन (्यू योर्क), राम यक्सो (टेक्सास तेज सुब्बा फोम्बो (क्यालिफोर्नीयारहेकाछन् | समाजको सचिवालय सचिवमा देशहाङ लिम्बू (न्यू योर्कचुनिनु भएको छ |
यसैगरी, समाजका कोषाध्यक्षमा राजकुमार पङयाङ्गु लिम्बू र सह-कोषाध्यक्षमा सन्तोष लिम्बू निङ्लेखु चयन हुनुभएको छ |संघीय लिम्बुवान समाज अमेरिकाका सदस्यहरुमा टेक्सास राज्यबाट- के.बी. थुप्पुको थेबेआशिष लिङ्देन, ताराबहादुर लिम्बू, प्रेम फागो लिम्बू, देव लिम्बू (टिनेस्सी),डा. भरत लिम्बू ईवाहाङ् (नर्थ क्यारोलिना) चुनिनु भएको छ | यसैगरी, न्यू योर्क राज्यबाट टंकबहादुर मगर, बिनय सोदेम्बा र चेतन सुब्बा चोङ्बाङ चुनिएका छन् ।
संघीय लिम्बुवान समाज अमेरिका तदर्थ समितिका अध्यक्ष नगेन्द्र ईङ्नाम 'सेरि:त'को अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा जनजाति महासंघ अमेरिकाका उपाध्यक्ष र कार्यवाहक अध्यक्ष रहेका बिनोद पोमु लिम्बू मुख्य अतिथि रहनुभएको थियो | मगर संघ अमेरिकाका महासचिव मानबहादुर राना मगर कार्यक्रमका विशेष अतिथी रहेका थिए।
"लिम्बुवानमा मानव अधिकारको संरक्षणएक निर्वाचन क्षेत्र: एक संघीयवादी उम्मेदवार मित्र" भन्ने मूल नारा पारित भएको यस कार्य समितिको घोषणा कार्यक्रमलाई सुभाष लामा, केशबराम राई, लुइसाङ् वाइबा तमाङदेवेन्द्र सम्बाहाम्फे, मनु लोहोरुङमणि वाङ्देल राईप्रदीप थापा मगरनगेन्द्र ईङ्नाम,बिनोद पोमु लिम्बू र मानबहादुर राना मगरले शुभकामना सम्बोधन गर्नुभएको  थियो |
संघीय लिम्बुवान समाज अमेरिकाको उक्त घोषणा कार्यक्रमलाई तदर्थ समितिका महासचिव दिपेश लिम्बू (खाम्बेक) ले सञ्चालन गरेका थिए भने तदर्थ समितिकै सचिव युगेश लिङ्देनले उपस्थित महानुभावहरूलाई स्वागत गर्नुभएको थियो । 
तदर्थ समितिका अध्यक्ष ईङनामले नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको नामावली घोषणा गरी सार्वजनिक गरेपछि जिम्मेवारी हस्तान्तरण गरेर नयाँ कार्यसमितिको सफलताको लागि शुभकामना दिनुहुँदै कार्यक्रमको समापन भएको थियो |
स्मरणरहोस, गत फेब्रुअरी २२ का दिन न्यूयोर्कमै नगेन्द्र ईङ्नाम "से:रित" को प्रमुख संयोजकत्वमा बनेको १७ सदस्यीय 'लिम्बुवान समाज अमेरिका' को संयोजन अर्थात् तदर्थ समिति गठन गरिएको थियो | तदर्थ समितिका सह-संयोजकहरुमा केशर लिम्बू (न्यू योर्क), रोशन लिबाङ (क्यालिफोर्निया), महेश लिम्बू (म्यासाचुसेट्स), सुमन सुहाङ (टिनेस्सी) र पूर्ण लिम्बू (कनेक्टिकट) रहनुभएको थियो |
त्यसैगरी, संयोजन समितिको महासचिवमा दिपेश चबेगु "खाम्बेक",सचिवमा योगेश लिङ्देन र कोशाध्यक्षमा बिरेन्द्रहाङ लाबुङ लिम्बू रहनुभएको थियो |
तदर्थ समितिका सदस्यहरुमा राम चोङबाङ, टंक मगर, देश लिम्बू चोङबाङ,राजकुमार लिम्बू, राम लिम्बू सोदेम्बा, बुद्ध चेम्जोङ, चेतन सुब्बा र के.बी. लिम्बू रहेका थिए |

नेपालमा मौलिक शैली, विचार र धरातलबाट पहिचानसहितको संघीय-लिम्बुवान आन्दोलनलाई निरन्तर हाँकीरहेको संगठन संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको अमेरिका सम्पर्क समितिको रुपमा समेत रहेर यो संस्थाले नेपालको लिम्बुवानमा मानवधिकार र लोकतन्त्रको रक्षार्थ सामाजिक कार्यहरु गर्ने भन्ने लक्ष्य रहेको छ । 
लिम्बुवान समाज अमेरिकाको तदर्थ समितले यस अघिनै लिम्बुवानको ताप्लिजोङ फुङलिङस्थित शेर्पा टोलका २८ अग्निपीडित घर-परिवारलाई लाखौंको आर्थिक राहत सहयोग समेत गरेको छ |  

No comments: