Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Tuesday, April 9, 2013

अप्रिल १२ मा यूएइको आबुधाबीमा नयाँ बर्षको कार्यक्रम आयोजना हुने


उत्तम अधिकारी ( यूएइ ) अप्रिल २०१३ ,
नयाँ बर्षको आगमन संगै यूएइमा कार्यरत नेपाली संघ संस्थाहरूले बिभिन्न किसिमका मनोरन्जनात्मक तथा एक आपसमा शुभकामना आदान प्रदानका बिबिध कार्यक्रमहरूको आयोजना गर्ने क्रम बढेको यसै शिलशिलामा इस्वी सम्बत २०१० मा स्थापित प्रवासी नेपाली युवा संघ यूएइले आगामी १२ अप्रिल २०१३ अर्थात ३० चैत्र २०६९ का दिन आफ्नो स्थापना कालको दोस्रो बर्ष पूरा भएको अबसरमा यूएइमा रहेका नेपाली समुदाय तथा संघ संस्थाका प्रमुख, प्रतिनिधि सदस्यहरुका बिचमा नयाँ बर्षको शुभकामना आदान प्रदानका साथमा बिबिध किसिमका साँस्क्रितिक कार्यक्रमको आयोजना गरि नयाँ बर्षलाई भब्यताका साथ् मनाउने भएको
आबुधाबीको केरला सोसियल सेन्टरमा आयोजना हुने उक्त कार्यक्रमलाई चरणमा बिभाजित गरिने जानकारी संघका अध्यक्ष महेस गिरीले दिएका छन् उनका अनुसार पहिलो चरणको कार्यक्रम् बिहान ११ बजे बाट सुरु हुनेछ , जसमा संगठनका बर्तमान कार्यकाल सम्बन्धी आन्तरिक गतिबिधीहरू सन्चालन हुनेछन सोही कार्यक्रममा दोस्रो कार्यकालका लागि नेत्रित्व चयन समेत हुनेछ तत्पस्चात साँझ :३० बजे बाट दोस्रो चरणको कार्यक्रम सुरु हुनेछ जसमा यूएइवासी सम्पुर्ण नेपाली जनसमुदाय, नेपाली संघ संस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थितिमा नयाँ बर्षको शुभकामना आदान प्रदान सहितको साँस्क्रितिक कार्यक्रम आयोजना हुनेछ
उक्त दुबै चरणको कार्यक्रममा युवा संघ नेपालकी उपाध्यक्ष निरु पालको बिशेष उपस्थिती रहने संघले जनाएको यस अघि उक्त कार्यक्रममा युवा संघ नेपालका  अध्यक्ष महेश बस्नेतको बिशेष उपस्थिती रहने भनिएकामा कार्य ब्यस्तताका कारण उनी उपस्थित हुन नसक्ने भएकाले उपाध्यक्ष निरु पाललाई आफ्नो कार्यक्रममा निम्त्याउने निर्णय गरेको प्रवासी नेपाली युवा संघ यूएइका अध्यक्ष गिरीले जानकारी दिएका छन् यूएइमा कार्यरत सम्पुर्ण नेपालीहरू कार्यक्रममा सरिक हुन सकुन भन्ने उद्देस्यका साथ निशुल्क प्रवेशको ब्यबस्था मिलाइएको जनाउदै आयोजक संस्थाले उक्त कार्यक्रममा सहभागि हुनका लागि यूएइमा रहेका सम्पुर्ण नेपाली समुदायलाई आग्रह गरेको
कार्यक्रम जानकारी
मिती : १२ अप्रिल २०१३ शुक्रबार
स्थान : केरला सोसियल सेन्टर , आबुधाबी - यूएइ
समय : साँझ :३० बाट

No comments: