१९ चैत, काठमाडौं । निर्वाचन आयोगले
देशभरि सञ्चालन गर्दै आएको मतदाता नामावली संकलन कार्य स्थगित गर्न जिल्ला
निर्वाचन कार्यालयहरुलाई निर्देशन दिएको छ । सोमबार आयोगको कार्यालयमा
वैद्य नेतृत्वको नेकपा माओावदसिहित ३३ दलका नेताहरुसँगको छलफलपछि आयोगले
मतदाता संकलन कार्या स्थगित गरेको हो ।
राजनीतिक सहमति नभई निर्वाचनका गतिविधि
अघि नबढाउन ज्ञापनपत्रसहित निर्वाचन आयोग पुगेका ३३ दलका नेतालाई प्रमुख
निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले मागप्रति सरकारात्मक रहेको प्रतिक्रिया
दिनुभएको थियो । ३३ दलले ज्ञापनपत्र बुझाएको केही घण्टापछि नै आयोगले
मतदाता नामावली संकलन अभियान स्थगन गरेको हो ।
गृहमन्त्रालय मातहतको टोलीले नागरिकता
अभियान सञ्चालन गर्नुपर्ने र त्यसपछि पुनः मतदाता नामावली संकलन गर्नुपर्ने
भएकाले दुबै अभियान एकसाथ चलाउनका लागि तत्काललाई फोटोसहितको मतदाता
नामावली संकलन कार्य स्थगन गरिएको आयोगले बताएको छ ।
मतदाता नामावली अभियान रोक्न सफलता
प्राप्त गरेको वैद्य समूह र त्यसमा आवद्ध दलहरुले सोमबार शान्तिबाटिकामा
विारधे सभासमेत गरेका थिए । मोर्चामा आवद्ध संघीय गणतान्त्रिक राष्ट्रिय
मोर्चाका संयोजक किशोर विश्वासका अनुसार देशका विभिन्न भागमा सोमबार
विरोधका कार्यक्रम आयोजना गरिएका थिए । त्यसैगरी मंगलबार चारवटा नाकाबाट ३३
दलले सिंहदरबार घेराऊ गर्ने कार्यक्रम राखेका छन् ।
No comments:
Post a Comment