'धर्म' आफैंमा नराम्रो वा खराव कदापि हुदैन, धर्मलाई अवधारणा गर्ने मानिसहरुको गलत नियत, गलत
प्रयोग, खराव आचरण अनि विसङ्गतिका पद्दतिले गर्दा नै यो नराम्रो वा खराव जस्तो देखिएको मात्र हो ।सनातन हिन्दू धर्म वा भनौं वैदिक धर्मका केहि अल्पज्ञानका काइते पण्डितहरुले यस धर्मलाई अपव्याख्या गरी गलत प्रयोगमा ल्याएको हो कि जस्तो देखिन्छ, किनकि सिङ्गो मानव समाजलाई विभाजन गरी जात+भातको कलङ्कमा वर्गिकरण गरेका थिए, त्यसैको परिणाम स्वरुप, समाजका तल्लो जात ( दलित ) भनेर सिमाङ्कन गरिएकाहरुले पूजा+आजा गर्न सिधा मन्दिर प्रवेश गर्न बन्धेज गरेका थिए यिनै पाखणडी पण्डितहरु या पूजारीहरुले । यहि नकरात्मक छाप र पापको दोषारोपण खेप्दै झुट्टा प्रचार-प्रसारको असरले गर्दा हिजोदेखि आजसम्म पनि नेपालका अधिकांश मन्दिरहरुमा दलित भनाउँदाहरुलाई खुला र सम्मानित तवरले मन्दिर प्रवेश गर्न रोकतोक देखिएको छ । यो शतप्रतिशत गलत प्रवृत्ती र अन्याय हो, किनभने एउटै धर्म मान्ने र उस्तै जीवन पद्दतिमा आवद्ध हुने मानिस, कोही मन्दिरभित्र पसेर पवित्र हुने र कोही भने मन्दिर बाहिर बसेर आराधाना गर्नुपर्ने ? यो कहाँसम्मको बिडम्बना र पाखण्डीपन होला, यसलाई तपाईं+हामीले सोझै अनुमान गर्न सक्दछौं कि यो कतिसम्म गलत कार्य, नीच र पतित सोचाई , विचार अनि अमानवीय भावना हो भन्ने कुरा ।
यसैको सेरोफेरोमा रुमलिंदै मैले यस रचना कोरेको पनि छु, कृपया एक चोटि नजर लगाउनु होला भन्ने मेरो अनुरोध छ यहाँहरुलाई ।
गजल
विभेदकारी समाज यो, मान्छे बीच दु:खाव छन्रुढिवादी रीति रिवाज, पालन कर्ता झुकाव छन् ।।

विज्ञानको यो जमानामा, आत्मा ज्ञानी अभाव छन् ।।
सम-धर्मी पण्डित बाजे, सद्ज्ञानका पुराण घोक
ठूलो-सानो जात भन्छौ, मिथ्या कथन खराव छन् ।।
ढोंगी रोगी जञ्जिरमा, जकडिंदै बाँच्छौ तिमी
परिवर्तन खोक्छौ मात्र, प्रवृत्तिमा नकाव छन् ।।
नगरभो पण्डित बाजे, पाखण्डीका झुट्टा बखान
कालो पट्टी खोली हेर, तिम्रै आत्मा छुटाव छन् ।।
रुप अनुरागी
अप्रिल, १५ दमौली, तनहु, हाल: दुबई यु ए ई
No comments:
Post a Comment