Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Saturday, July 13, 2013

कतारमा तिन नेपालीको मृत्यु

शिशिर सिंखडा
चितवन÷असार २८ बैदेशिक रोजगारीका लागि कतार पुगेका चितवन एक ब्यक्तिको सडक दुर्घटनामा परि ज्यान गएको छ । कतारको राजधानी दोहामा रहेको सातिया ग्रुपमा कार्यरत पुर्बि चितवनको जुटपानी ४ सगुनटोलका २० बर्षका अर्जुन गौतमको सडक दुर्घटनामा परि ज्यान गएको हो । 
 स्थानिय समय अनुसार हिजो दिउसो १२ डिउटी सकेर कम्पनीको गाडी पर्खि रहेको समयमा बिपरित दिशाबाट आएको ल्याण्ड क्रुजर  गाडीले पेटीमा चढेर ठक्कर दिदा गौतम सहित सात जनाको ज्यान गएको हो । ज्यान जानेमा तिन जना नेपाली र चार जना भारतिय नागरिक रहेको सोही कम्पनीमा कार्यरत चितवनकै संजित महतोले टेलिफोनमा जानकारी दिनु भएको छ । घट्नामा ज्यान गुमाउने नेपालीहरुमा गौतम सहित बर्दियाका आशराम थारु र पतावरी चौधरी रहेको ईभाष्टो नेपाल म्यान पावर कम्पनी सामाखुशीका संचालक शमशेर गुरुड्डले जानकारी दिनु भएको छ । 

ज्यान गुमाउने नेपालीहरु सोही म्यानपावर कम्पनीबाट दुई महिना अगाडी कतार पुगेका थिए । कम्पनीमा क्लिनिड्डको काम गर्ने उनिहरु मध्ये संजित  महतो भने सोही गाडीको ठक्करबाट घाइते भएका छन् । टाउकोमा चोट लागेका महतोको कतारको स्थानिय अस्पतालमा उपचार भैरहेको म्यान पावरका संचालक गुरुड्डले जानकारी दिनु भयो । सडक दुर्घटनामा मृत्यु भएकाले उनिहरुको पोष्ट मार्टम भैसकेको र कतारको कानुन अनुसार बिमा लगायतका सुबिधाका लागि कम्पनीले दुतावासलाई अनुरोध गरि सकेको गुरुड्डले जानकारी दिनु भयो । त्यस्तै नेपालबाट पाउने बिमाको रकम समेत उपलब्ध गराउन  र मृतक नेपालीहरुको शब ल्याउन प्रकृया अगाडी बढाइएको उहा“ले बताउनु भयो । छोराको कतारमा मृत्यु भएको खबरले चितवन जुटपानी ४ सगुन टोलमा रहेको गौतमको घर परिवारमा रुवाबासी भएको छ ।पुरै गाउ शोक मग्न बनेको छ ।

No comments: