Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Sunday, July 14, 2013

बिदेश बस्ने नेपालीलाई के छ बजेटमा बिशेष ?

३० असार, काठमाडौं । आर्थिक बर्ष २०७०/७१ का लागि सरकारले आइतवार सार्वजनिक गरेको बजेटमा बिदेशमा बस्ने नेपालीलाई पनि संबोधन गर्ने प्रयास गरेको छ ।
खाडी क्षेत्रका युएई, कुवेत र ओमान जाने नेपाली कामदार र पठाउने म्यानपावरले बैदेशिक रोजगार बिभागमै गएर तलव र सेवा सुबिधासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुपर्ने ब्यबस्था गरेको छ । तत्कालका लागि नमूनारुपमा तीनवटा मुलुकमा पहिलो चरणमा यो योजना सुरु गरिएको बताइएको छ । दोहोरो सम्झौतापत्रका कारण नेपाली कामदार बिदेशमा ठगिने अबस्थालाई नियन्त्रण गर्न सरकारले नयाँ ब्यबस्था लागू गरेको हो ।
सरकारले बिदेशबाट आउने नेपालीले ल्याउने ३० इन्चसम्मको टीभीमा पूर्णरुपमा भन्सार छुट दिने घोषणा गरेको छ । यसअघि सरकारले प्रति इन्चका आधारमा राजश्व लिने गरेको थियो । यसैगरी सरकारले रोजगार सूचना केन्द्रलाई बिनिमय केन्द्रमा बिकशित गरी त्यसमार्फत् श्रम बजारको माग, बेरोजगार र उनीहरुको सीपको सूची बनाई माग र आपूर्तिवीच सूचना आदान प्रदान गर्ने योजना बनाएको छ ।
यस्तै गैरआवासीय नेपालीलाई नेपालको पूँजीबजारमा लगानीका लागि प्रोत्साहन गर्ने घोषणा गरेको छ । बैदेशिक रोजगारीमार्फत हुने आम्दानीलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न उपयुक्त माध्यमको ब्यबस्था गर्ने र बैदेशिक रोजगार बिभागका क्षेत्रीय शाखाहरु स्थापना गर्ने घोषणा गरेको छ ।
यस्तै बिदेशका सवै नेपाली नियोगहरुमा मेसिन रिडेवल पासपोर्टका लागि अनलाइन फारम भर्ने ब्यबस्था गरेको छ । यस्तै कुटनीतिक नियोगमा कार्यरत कर्मचारीका लागि बिदेशी भाषा तालिम दिने घोषणा गरेको छ ।

No comments: