Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Wednesday, July 24, 2013

प्रगतिशील प्रबाशी श्रमिक मंच को बैठक सम्पन्न श्रमिकहरुका लागिकाम गर्न महासंघको निर्देशन


काठमाडौं, साउन ८ बैदेशिक रोजगारीका निम्ति रहेका नेपाली श्रमिकहरुका हकहित,अधिकार र समस्या समाधानका लागी संघर्षरत अखिल नेपाल ट्रेड युनियन महासंघले नया अवधारणाका साथ प्रगतिशील प्रबासी श्रमिक मंचको पहिलो बैठक महासंघको मुख्य कार्यालय पेरिसडाडा मा सम्पन्न भएको छ । 
बैठक सहिदहरु प्रति भाबपुर्ण श्रदान्जली अर्पण गरी सुरुगरिएको थियो।
मलेसिया तथा खाडीका विभिन्न देशहरुबाट उपस्थित मजदुर प्रतिनिधिहरुले बैदेशिक रोजगारीमा नेपाली श्रमिकहरुले भोग्नु परेका समस्याहरु बैठकमा राखेका थिए।  रेमिटेन्स पठाउने श्रमिकहरुबाट देशको अर्थतन्त्रमा टेवा पुराएका बैदेशिक रोजगारीमा जान बाध्य हामी नेपाली श्रमिकहरुका समस्या हेर्न मजदुर संगठनले पनि ढिलाई गरेको गुनासो उनीहरुले बैठकमा राखेका थिए। राजनैतिक अस्थिरताले गर्दा बेरोजगार युवाशक्ति विदेश पलायन हुन् बाध्य रहेको भन्दै बिदेशमा रहेको नेपाली दुताबासहरुले समेत मजदुरहरुका समस्या नहेरेको भन्दै सम्बन्धित निकायहरुमा अब यस श्रमिक मंचले उठाउनु पर्ने माग गरेका छन। 
महासंघले सुरुगरेको यस अभियाले बैदेशिक रोजगारीमा हुने ठगी देखि लिएर प्रबासमा पर्ने अप्ठारा चुनैतीहरुमा मंचले पुलको रुममा सहयोग पुर्याउने आफु आसाबादी हुदै  नेपाल देखि विदेश सम्म गठन हुन् लागेको मजदुर संगठनले मात्र श्रमिकका समस्या उठाउन सक्छ भन्नु हुदै उपाध्यक्ष तथा बिशेस अतिथि बाबुराम गौतमले प्रबासमा रहदा आइपर्ने सामान्य चुनैतीलाई त्यहाको कानुन भित्र रहेर मजदुर साथीहरुले मिलेर हाल गर्ने प्रयास गर्न सकिन्छ भने जटिल समस्याको बारेमा केन्द्रमा जानकारी गराउन आग्रह गर्नु भयो।
कतिपय देशहरुमा श्रम सम्झौता भएता पनि लागु हुन सकिरहेको छैन र कतिपय देशहरुमा भएकै छैन श्रम सम्झौता गर्दा नेपाली श्रमिकहरुको प्रतिनिधिको रुपमा  मजदुर प्रतिनिधि राख्ननु पर्ने माग महासंघले उठाउनु पर्ने देखिन्छ भन्दै अतिथि तथा विदेश बिभाग प्रमुख उषा देबकोटाले नेपाली श्रमिक माथि श्रम सोषण भैरहेको बताउनु भयो। 
 बैठकका प्रमुख अतिथि तथा अखिल नेपाल ट्रेड युनियन महासंघ का अध्यक्ष क.शालिकराम जमकट्टेल ले ढिलै भए पनि हाम्रो पार्टीले प्रबासको अबधारणा बाहिर ल्याउन सहयोग गरेको छ मजदुर संगठनले आफुखुसी यो मंच खडा गरको नभई पार्टीमा दर्ता भएको  जनाउनु भयो।  मजदुरहरुका समस्या मजदुरहरुले नै उठाउन सान्दर्भिक मानेर प्रबासमा पनि मुख्य आधार पार्टीलाई मान्दै सबै देशहरुमा आजै देखि प्रगतिशील प्रबासी श्रमिक मंच गठन गरिने हुदा पार्टी आबद्द कसैले पनि श्रमिक मंचलाई बाईपास गर्न नसक्ने हुदा ढुक्क भएर मजदुरका समस्या समाधानमा लाग्नु पर्ने बताउनु भयो। हामीले सबैठाउमा हाम्रा समस्या राख्नने क्षमता भएको हुदा श्रम मन्त्रलय,बैदेशिक रोजगार बिभाग,जस्तै अन्य सबै ठाउमा समस्या राख्नने टिमको निर्माण छिटै हुने जानकारी दिनु हुदै सहकार्य गर्दै प्रबासमा रहेका सम्पूर्ण नेपालीहरुको संगठन बन्न सफल हुनेमा आफु लगायत सिंगो महासंघ बिस्वस्त रहेको र त्यसका लागी मंच लाई सहयोग गर्न महासंघ सदैब तयार रहेको जनाउनु भयो। 
प्रबासमा मजदुर संगठन विस्तार सगै बैदेशिक रोजगारीमा नेपाली श्रमिक माथि देखा पर्ने समस्या र समाधानका निम्ति भाबी रणनिति सहितको कार्ययोजना श्रमिक मंचका संयोजक युबराज लुईटेलले तयार पार्नु भएको थियो। नेपालीहरु बैदेशिक रोजगारीका निम्ति पुगेका सबै देशबाट प्रतिनिधिको सहभागिता गर्ने गरि युबराज लुईटेल र रमेस तुफानको संयोजक मा समिति गठनका लागि सबै देशबाट सदस्यको नाम माग गरिएको छ।  
मेनपावर कम्पनीका प्रतिनिधि,श्रम मन्त्रलयका प्रतिनिधि,बैदेशिक रोजगार बिभाग सगै मजदुर संगठनका प्रतिनिधिहरुलाई एकै ठाउमा ठाउमा राखी अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने प्रगतिशील प्रबाशी श्रमिक मंचका संयोजक युबराज लुईटेलले जानकारी दिनु भयो।

No comments: