Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Monday, July 29, 2013

कुवेतमा उदारवादीको जित

कुवेत  जुलाई २९  - कुवेतमा शनिबार सम्पन्न छैटौं संसदीय निर्वाचनमा उदारवादी र आदिवासी समुदायहरूले सानदार जित हात पारेका छन् । अल्पसंख्यक सिया र सिते समुदायले यसअघिको वर्चस्व गुमाएका छन् ।
शनिबारको निर्वाचनमा संसद्का ५० मध्ये ८ सिट मात्र सिया समुदायका उम्मेदवारले हात पारेका छन् । आइतबार बिहान जुडिसियल अथोरिटीले सार्वजनिक गरेको तथ्यांकअनुसार ५० सदस्यीय संसद्मा सिते समुदायले ८ सिट मात्र जितेको छ । यसअघिको निर्वाचनमा १७ सिटमा उक्त समुदायले जित हात पारेको थियो । यसअघिको निर्वाचनमा उदारवादी समूहले १ सिट पनि जितेको थिएन । यसपटक बेडोइन आदिवासी समुदायले २४ सिट हात पारेको छ ।
फेब्रुअरी ०१२ मा सम्पन्न निर्वाचनबाट गठित संसद् प्रक्रियागत त्रुटिका कारण संवैधानिक अदालतले सोही वर्षको डिसेम्बरमा विघटन गरेको थियो । कुवेतमा सुरु संसदीय अभ्यासका ७ वर्षमा ६ पटक निर्वाचन भइसकेको छ ।
विपक्षी दलको बहिष्कारका बाबजुद ५२ दशमलव ५ प्रतिशत मतदाताले निर्वाचनमा सहभागिता जनाएका थिए । सन् २०१२ को डिसेम्बरमा यसअघिको संसद् विघटन भएको थियो । खाडी मुलुकहरूमा कुवेतको संसद्लाई शक्तिशाली मानिन्छ ।
यद्यपि, निरन्तरको राजनीतिक तनावका कारण संसद्को काम लथालिंग छ ।
कुवेतमा राजनीतिक दल खोल्न प्रतिबन्ध छ । बेडोइन आदिवासी, उदारवादी समुदाय, सिते र
सुन्नी इस्लामिक समुदाय तथा
व्यापारीहरूले संसद्मा प्रतिनिधित्व गर्छन् । कानुन बनाउने अधिकार र सरकारमा प्रतिनिधित्व उनीहरूकै हुन्छ ।
पछिल्लो निर्वाचन परिणामबाट कुवेतमा ७ वर्षदेखि जारी राजनीतिक गतिरोध अन्त्य हुने विश्वास विश्लेषकहरूको छ ।

No comments: