Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Tuesday, July 30, 2013

'खिर' खाएर साउन १५ मनाईदै

काठमाडौं,- आज (मंगलवार) साउन १५ गते नेपाली सास्कृतिक परम्परा अनुसार खिर खाएर मनाइदै छ । आजका दिन देशभर खिर खाएर यो पर्व मनाईदैछ । कृषि प्रधान देश भएकोले कृषकहरुले धान रोपेर आफ्नो मुख्यकाम सकेपछि खुशीयाली स्वरुप खीर खाने चलन रहि आएको हो ।असार १५ मा दहि चिउरा साउन १५ खिर भन्ने नेपाली चलन अनुसार नेपालीले साउन १५ मा खिर खाने गर्दछन् । आफ्ना परिवार आफन्त छिमेक ईष्टमित्रसंग बसेर रमाईलो गरी खिर खाएर यस पर्व मनाईदैछ । नेपाल कृषिप्रधान देश भएकाले कृषकले धान रोपेर काम सकेपछि खुसियाली स्वरुप खिर खाने चलन बसेको हो । तरपनि खिर खाने चलन कहिलेदेखि सुरु भयो भन्ने एकिन छैन ।

खेतिपातिको काम सकेपछि मीठो खाने कुरा तत्कालिन समयमा खिर भएकाले यो चलन बसेको संकृतिविदहरु बताउछन ।  साउन १५ का दिन मंगलवार बजारमा दुघको माग बढेको छ । अघिपछिको तुलनामा शनिबार दोब्बर दुघ विक्री भएको दुघ व्यापारीहरु बताउछन । दुघ सकिएपछि कतिपय उपाभोक्तालाई फिर्ता पठाउनुपरेको उनीहरुको भनाई छ ।    

No comments: