Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Tuesday, July 30, 2013

कुवैतमा बिहे गर्ने, नेपालमा नजिक नपर्ने

खाडी न्युज सम्बाददाता 
कोपिला गौतम
१५ साउन, काठमाडौं । बिदेशमा बिवाह सम्बन्ध कायम गरी १ बर्षसम्म सँगै बसी बच्चा जन्माउन सल्लाहले नेपाल फर्किएकी जानुका विश्वकर्मालाई श्रीमान भनाउँदा दुर्गा बिस्वकर्माले सम्पर्क बिच्छेद र लान्छना लगाउन थाले । कुवेतबाट सात महिनाको बच्चा गर्भमा लिएर ३ महिनाअघि नेपाल फर्किएकी जानुका घर न घाटको भएको बताउँछिन् । फर्किएदेखि नै सम्पर्क पातलो गरेका दुर्गाले १५ दिनअघि नेपाल फर्किएपछि पनि जानुकासँग भेटसम्म गरेनन् । यसरी नेपाल फकिएर पनि आफूलाई भेट नगरेपछि न्याय र अधिकारको लागि पहल गरिदिन आग्रह गरेकी छन् । हाल जानुकाको पेटमा १० महिनाको बच्चा छ ।  काठमाडौं फर्किएका दुर्गाले विमानस्थलकै नजिक काँठाघारी बसेकी श्रीमती जानुकालाई नभेटी सुटुक्क बर्दिवासस्थित खयरमारा५ घरमा पुगेको खुलेको छ । जेठी श्रीमती हुँदाहुँदै दुर्गाले अविवाहित छु भनी जानुकासँग ढाँटेर बिहे गरेका थिए ।
दुर्गाको यो ब्यवहारले आफु र गर्भको १० महिने बच्चाको भविष्यमाथि ठुलो अन्याय भएको जानुकाले बताएकी छन् । दुर्गाकी दिदीले कुवेतबाट फोन गरी दशैंमा सँगै घर जाउँला, चिन्ता नगरी बसभनेकी दुई दिन अघि नै दुर्गा काठमाण्डौं आएको रहेछजानुकाले भनिन् । दुर्गाकी बहिनी मुनासँगै बसेकी जानुकाले बहिनीले लुकी लुकी लामो समय सम्म दुर्गालाई लोकल नम्बरमा फोन गरेको सुनेपछि रहस्य खुलेको हो ।  
कुवेतमा बिमानस्थलबाट बिदाई गर्दा दुर्गा र उनकी दिदीले जानुकालाई हाँसीखुशी बिदाई गरेका थिए । दुर्गाले बहिनीको कोठामा बस्ने ब्यवस्था गरिदिएका थिए । फर्किनेक्रममा बिमानस्थलमा जानुकाको साथमा रहेको ६ सय कुवेती डिनार (करिव रु. १ लाख ८६ हजार) समेत दुर्गाले लिए । दुर्गाले श्रीमान श्रीमती जोसँग रहेपनि हाम्रै सम्पति त हो नि, तिमीलाई नेपालमा पुगेपछि रेमिट्यान्समार्फत पठाई दिउँला, साथमा बोक्दा हराउन सक्छभनेपछि जानुकाले पूर्ण विश्वास गरेको बताइन । ८० दिनार पकेट खर्च राखेर बाँकी ६ सय दिनार दिएँ, नेपालमा आएर पैसा मागें, यतै खर्च भयो भन्दै मलाई ८० दिनार मात्रै पठाईदिएजानुकाले भनिन्, “बहिनीको कोठामा बस्ने ब्यवस्था मिलाएको भन्ने नाम मात्र हो, आएदेखि बहिनीलाई नै मैले पालिरहेको छु, यतिबेला मलाई बच्चा जन्माउने अस्पताल खर्च जुटाउन मलाई समस्या भईरहेको छ ।
७ वर्षदेखि कुवेतमा काम गरिरहेकी जानुकाले एक वर्षदेखि झापा, दमकमा बुबा आमालाई पातलो सम्पर्क गरेकी छन् । बिहे गरेर बसेको जानकारी पनि दिन सकेकी छैनन् । यतिबेला उनलाई आफ्नो आमाको खाँचो महसुस हुनु स्वभाविक हो । तर उनी एक्लो भएकी छिन् । त्यसमाथि दुर्गाको बेइमानी र आर्थिक अभावको तनावमा परेकी छन् । हाल उनले नेपाल प्रगतिशील प्रवासी श्रमिक मञ्च केन्द्रीय कार्यलय अनामनगरमा न्याय तथा अधिकारका लागि पहल गरिदिन अनुरोध गरेकी हुन् ।  फर्कनु २ दिनअघि नेपाली राजदुतावास कुवेतमा बिहे गरेको जानकारी निवेदन समेत दर्ता गराईएको त्यहाँस्थित प्रगतिशील प्रवासी श्रमिक मञ्चले जानकारी दिएको छ । दुतावसमा दुर्गाले विगत १ वर्षअघिदेखि बिहे गरी सँगै बसेको र बाँकी जीवन श्रीमान श्रीमतीको रुपमा जीउने अन्याथा भएमा कानुन बमोजिम सहन तयार रहेको उल्लेख गरेका छन् ।  यस सम्बन्धमा जानकारी लिँदा दुर्गाले आफू बर्दिबास, खयरमार५ स्थित घरमा रहेको बताए । दुर्गाले श्रमलाई भने, “खुट्टामा घाउ भएकोले कतै जान सकेको छैन्, मेरी श्रीमती कुन अवस्थामा छे, मेरै बहिनीकोमा राखेको छु, अरुले चिन्ता लिनु पर्दैन ।स्मरणीय छ, अन्तार्राष्ट्रिय बिमानस्थल काठमाण्डौंबाट नेपाल आएका दुर्गाले बिमानस्थलसँगै काँडाघारीमा रहेकी गर्भवती श्रीमतीलाई नभेटी बर्दिवास पुगेका थिए । दुर्गाकी बहिनीले भने दाजु नेपाल आएको आफूलाई थाहा नभएको बताईन् । दमक७ गोलाटार, झापा माईती भएकी ३० बर्षीय जानुकाले आफ्नो यो ब्यथा आमा बुबालाई भन्न नसकेको बताउँछिन् । यतिबेला उनलाई श्रीमान, बाबु आमा, सासु तथा घरपरिवारको साथ चाहिएको छ । खुट्टा सुन्निएको छ, दिनहुँ अस्पताल जानुपरेको बताउँछिन् । घर फर्किएपछि बिहे गर्नुपर्छ भन्दै हुनुहुन्थ्यो बुबा आमा । आफुखुशी बिवाह गरें, श्रीमानसाथमा छैन, १० महिनाको बच्चा पेटमा छ, बुबा आमालाई कसरी भनु  उनले हामीलाई  भनिन् ।
विदेशमा रहँदा हतारमा शारिरिक सम्बन्ध राख्ने र बिवाहको नाटक रच्ने प्रबृत्ति संख्यात्मक रुपमा बढ्दै गएको छ । जानुका यस्ता घटनाकी १ मात्र पात्र हुनसक्छिन् । यस्ता घटनाबाट धेरैको घरबार बिग्रनुकासाथ महिलाहरुले बढि समस्या झेल्नु परेको छ ।


No comments: