Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Sunday, August 4, 2013

"रमादान बिशेष अन्तर-नेपाली भलिवल प्रतियोगिता-२०१३" मा १२ टिमले प्रतिस्प्रधा गर्ने

खाडी न्युज 
कुवैत सिटी अगस्ट ४- माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लब, काठमाण्डौ-कुवेतले मुस्लिम धर्मावलम्विहरुको पवित्र पर्व रमादानको अवसरमा आयोजना आगामी ०९ अगष्त २०१३ मा सम्पन्न गर्न गैरहेको "रमादान बिशेष अन्तर-नेपाली भलिवल प्रतियोगिता-२०१३"मा कुवेतस्थित १२ नेपाली टिमहरुले सहभागीता जनाएका छन । आज साँझ ५ बजे कुवेतको मालिया पार्कमा क्लवले टिम दर्ता गराई गोला प्रथाद्वारा टाईसिट सार्वजनिक गरेको छ ।

कुवेतको खैतान स्पोर्टस् क्लवको कभर्ड हलमा सम्पन्न हुने अन्तर-नेपाली भलिवल प्रतियोगितामा क्लवले कुवेतमा रहेका सम्पूर्ण नेपाली भलिवल टिमहरुलाई सहभागीताको लागि आव्हान गरेको थियो । जसमा: नेपाली चालक भलाई कोष, तमू समाज कुवेत, कुवेत स्विडिश टिम, मगर सँघ कुवेत, नव-प्रतिभा-ए, नव-प्रतिभा-बि, अल्घानिम सेक्युरिटी टिम, मातृभूमी युवा क्लव, एस.डि.एफ.सी, नेशनल खराफी, डायट केयर ग्रुप र न्यु पाल्पा एण्ड बाग्लुङ टिम गरी जम्मा १२ नेपाली टिमहरु उपस्थित भई टिम दर्ता गराएका थिए ।
टाई सिटका अनुसार, समुह चरणका खेलहरुमा: पहिलो खेल चालक भलाई कोषको बिरुद्द तमू समाज कुवेत पोल-ए'बाट, दोश्रो खेल अल्घानिमको बिरुद्द मातृभूमी युवा क्लव पोल-बि'बाट, तेश्रो खेल कुवेत स्विडिश टिमको बिरुद्द मगर सँघ कुवेत पोल-ए'बाट, चौंथो खेल एस.डि.एफ.सी.को बिरुद्द नेशनल खराफी पोल-बि'बाट, पाँचौ खेल नव-प्रतिभा-बि को बिरुद्द नव-प्रतिभा-ए पोल-ए'बाट र छैटौं तथा आखिरी खेल डायट केयर ग्रुपको बिरुद्द न्यु पाल्पा एण्ड बाग्लुङ टिमले खेल्ने छन ।
क्लवले आयोजना गरेको भलिवल प्रतियोगिता राम्रोसँग सम्पन्न होस् भन्ने शुभकामना दिंदै क्लवका सल्लाहाकार तथा तमू समाज कुवेतका अध्यक्ष खोप गुरुङले सम्पूर्ण खेलाडी तथा दर्शकवृन्दलाई पानीको व्यवस्था र क्लवका संरक्षक तथा पूर्वाध्यक्ष धर्मराज गिरीले साउण्ड सिस्टम स्पोन्सर गर्नुहुने भएको छ भने मिडिया सपोर्टमा कुवेतनेपाल डट कम, नेपालकुवेत डट कम तथा मरुभुमिको कोसेली छापा पत्रिका र खाडीन्युज डट कम रहेका छन ।
पुन. जानकारीको लागि:
खेल हुने मिति: ०९ अगष्त २०१३, शुक्रबार
स्थान: खैतान स्पोर्टस् क्लवको कभर्ड हल
समय: बिहान ठिक ७.०० बजे
पुरस्कार:
प्रथम पुरस्कार: ट्रफी, मेडल, प्रमाण-पत्र र नगदी
दित्तिय पुरस्कार: ट्रफी, मेडल, प्रमाण-पत्र र नगदी
अंपायर: ट्रफी र प्रमाण-पत्र
उत्कृष्ट टिम: ट्रफी र प्रमाण-पत्र
उत्कृष्ट खेलाडी: ट्रफी र प्रमाण-पत्र
उत्कृष्ट सटर, उत्कृष्ट लिफ्टर: मेडल र प्रमाण-पत्र
प्रतियोगिता सम्बन्धी नियमावलीहरु:
१) खेलाडीहरुले कभर्ड हलमा खेल्दा केबल स्पोर्ट्स जुत्ता मात्र लगाएर खेल्नु पर्नेछ ।
२) पैतलामा गोटी भएका र कलर जाने खालका जुत्ताहरु लगाएर खेल खेल्न र हल भित्र जान खेतान स्पोर्टस समितिले मनाही गरेको छ ।
३) खेल मैदान भित्र केबल ९ जना खेलाडी र १ जना टिम मेनेजर गरी १० जना मात्र प्रवेश गर्न सकिने छ ।
४) खेल अवधिमा रेफ्री र लाइन्स म्यानहरुको निर्णय नै अन्तिम निर्णय हुनेछ । कसैले पनि रेफ्रिको आदेश तथा निर्णयलाई उल्लङ्घन गर्न पाइने छैन ।
५) खेल अवधिमा यदी कुनै खेलाडिले रेफ्रिलाई अपशब्द प्रयोग गरी खेलको नियम उलंघन गरेको खण्डमा उक्त खेलाडिलाई सिधै रेड कार्ड प्रदान गरि अर्को एउटा खेल खेल्नबाट बञ्चित गराईने छ ।
६) टिम दर्ताको अवधिमा आफ्नो सिभिल आईडिको कपी नबुझाउनु हुने सम्पूर्ण खेलाडी तथा टिम म्यानेजरहरुलाई खेल हुने दिन आफ्नो सिभिल आई.डी.को फोटोकपी नामावली सहित या खेलाडी नयाँ भएको खण्डमा पासपोर्टको फोटोकपी अनिवार्य रुपमा आयोजकलाई बुझाउनु पर्नेछ ।
७) प्रत्येक टिमका टिम क्याप्टेन, टिम म्यानेजर र खेलाडीलाई खेल सञ्चालन हुने ०९ अगष्तको बिहान ठीक ०७.०० बजे खैतान स्टेडियममा उपस्थित भई आयोजकलाई सुचित गर्न अनुरोध गर्दै समयमा उपस्थित नहुने टिम या खेलाडीलाई टुर्नामेण्टमा समावेश गराउन आयोजक असमर्थ रहने जानकारी गराईन्छ ।
८) रमादान बिशेष अन्तर नेपाली भलिवल प्रतियोगिता नक्आउट चरणको आधारमा खेलाईने छ ।
९) उपस्थित सबैले कभर्ड हल बाहिर क्यान्टिनमा बसेर जलपान गर्न सकिने तर कभर्ड हल भित्र लगेर खान, पिउन खैतान स्पोर्टस् समितिले मनाही गरेको छ ।
१०) प्रतियोगितामा सहभागी हुने प्रत्येक टिमका खेलाडिहरुले आफ्नो टिमको जर्सी अनिवार्य रुपमा लगाउनु पर्नेछ ।
११) कुनै पनी खेलाडीलाई यदी २ समुहमा नाम दर्ता गराईेको पाईएमा उक्त खेलाडिलाई कुनै पनि समुहबाट खेलमा समावेश गराईने छैन र कुनै पनि समुहका खेलाडीलाई एक समुहबाट अर्को समुहमा खेल्न मनाही गरिएको छ ।
१२) खेलको प्रतिश्पर्धामा भबितब्य पर्न गई घट्न सक्ने घटना र आफ्नो समुहका खेलाडीहरुको गलत व्यबहार प्रति टिम म्यानेजर र टिम क्याप्टेन स्वयं जवाफदेही हुनु पर्नेछ ।
१३) कुनै पनि खेलाडिले मादक पदार्थ सेवन गरी खेलमा सरिक भएको थाहा हुन गएमा उक्त खेलाडीलाई टुर्नामेण्टबाटै निलम्बन गरी आवश्यक स्थानिय कानुन बमोजिम कार्वाहीको लागि पहल गर्न आयोजक वाध्य हुनेछ ।
१४) कुनै पनि टिमका टिम सपोर्टरहरुले समेत मादक पदार्थ सेवन गरी वा नगरी होहल्ला, अशान्ति र उछ्रिङ्खल गतिविधिहरु गरी खेललाई असर गरेको खण्डमा उक्त व्यक्तिलाई तुरुन्त कुवेतको सुरक्षा निकायलाई  जिम्मा लगाई कानुन बमोजिमको कार्वाहीको लागि पहल गर्न आयोजक समिति वाध्य हुनेछ ।

No comments: