Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Sunday, August 4, 2013

नेपाली जनप्रगतिशिल मोर्चा कुवेतको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम भब्य रुपमा सम्पन्न

खाडी न्युज 
कुवैत सिटी अगस्ट ४- कुवेतमा स्थापानाकालको छोटो समयमा नै नेपाली जनप्रगतिशिल मोर्चा कुवेतले हिजो आफ्ना सदस्यहरु विच भेटघाट तथा प्रशिक्षणको कार्यक्रम सम्पन्न गर्यो । कुवेतको फाहिल स्थित होटल रोयल मुगलाईमा आयोजना गरीएको कार्यक्रममा चालीस भन्दा वढि आस्थावान सदस्यहरुको उपस्थिति रहेको कुरा श्रोतले बतायो ।
तोकीएकै समयमा शुरु भएको कार्यक्रममा कुवेतको विभिन्न एरिया बाट सहभागिता रहेको थियो । मध्यपुर्व समन्वय समितिका सदस्य राजन रिमालको प्रमुख आतिथ्यता तथा  मोर्चाका वरिष्ठ सल्लाहकार सन्त वहादुर थापाको उपस्थितिमा रहेकोको कार्यक्रमको अध्यक्षता मोर्चाका अध्यक्ष राजन घिमिरेको अध्यक्षतामा भएको थियो भने सहिद परिवारको तर्फबाट मोर्चाका महा- सचिव तथा पुर्व लडाकु दीपक विष्ट लाई सम्मान गरिएको थियो ।
शहिदहरु प्रति १ मिनेट मौन धारण गर्दै मोर्चाका सदस्य देवराज अधिकारीको स्वागत मन्त्वय बाट शुरु भएको थियो । महासचिव विष्ट बाट स्थापाना कला देखि आज सम्मको मोर्चाको कृयाकलाप र आगामी दिनका बारेमा बताउदै पार्टीको निर्णय अनुसार 'जनयुद्दको जगमा जन विद्रोह' हामी सवै मिलेर गर्नु पर्ने कुरामा जोड दिनु भयो भने अतिथिको आशान बाट राजन रिमालले कुवेतमा देखिएका विसंगति र नेपाली
कामदारहरुको समस्याको बारेमा प्रकाश पार्नु भएको थियो । 
उपस्थित सहभागीहरु मध्यबाट १२ जनाले हिजो नै मोर्चा प्रवेश गर्नु भएको थियो भने जनप्रगतिशिल मञ्चमा पोईल गएको भनेर भनिएका सदस्य ढोलज  गिरी पनि आफु मोर्चामै रहेको (पोईल नगएको ) र आफुलाई सामाजिक काममा धेरै रुचि रहेको भन्दै मोर्चाको तर्फ बाट सामाजिक काम हरुमा पनि हात हाल्न पर्ने विचार राख्नु भयो । नयाँ प्रवेशिहरुलाई मोर्चाका अध्यक्ष र महासचिव बाट खादा ओडाएर स्वागत गर्नु
भएको थियो । 
अन्तमा मोर्चाका सल्लाहकार सन्त थापाले कार्यक्रममा पाल्नु हुने सवैलाई कोहि पनि मान्छे आस्थाविहिन हुदैन त्यसैले कुन सहि र कुन गलत भन्ने कुरा आफैले मुल्याङकन गर्नु पर्छ भन्दै नयाँ प्रवेशिहरुलाई शुभकामना दिनु भयो भने मोर्चाका सचिव हेमराज उपाध्याले कार्यक्रम सञ्चालन गर्नु भएको थियो साँझको खाना पिना पछि अध्यक्ष घिमिरेले कार्यक्रम समापन गर्नु भएको थियो ।

No comments: