Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live

Monday, July 8, 2013

नेपाल र अफगानिस्तान विश्व ट्वान्टी–२० छनोटमा फेरी आमने सामने हुने

-----------------------------------------------------------------

नेपाल र अफगानिस्तान विश्व ट्वान्टी–२० छनोटमा फेरी आमने सामने हुने भएका छन्। हङकङको साउथ चाइना मर्निङ पोस्ट दैनिकले युएईमा नोभेम्बर १५ देखि सुरु हुने प्रतियोगिताको समूह विभाजन गरेको समाचार प्रकासित गर्दै नेपाल र अफगानिस्तान एकै समूहमा परेको जनाएको छ। नेपाल र अफगानिस्तानसँगै समूह 'बी' मा स्कटल्यान्ड, नेदरल्यान्ड, केन्या, पपुवा न्युगिनी र बर्मुडा छन्।

त्यसमा युरोपेली क्षेत्रबाट उपविजेता भएर आउने टोली थपिने छ। समूह 'ए' मा आयरल्यान्ड, नामिबिया, क्यानाडा, युगान्डा, अमेरिका, युएई, हङकङ तथा युरोप क्षेत्रबाट विजेता भएर आउने टोली हुनेछ।
नेपाल समावेश समूह 'बी' मा स्कटल्यान्ड, नेदरल्यान्ड, अफगानिस्तान, केन्या गरी विश्व क्रिकेट लिग डिभिजन १ का चार टोली छन्। पपुवा न्युगिनी डिभिजन २ को टोली हो। नेपाल दुई महिनाअघि बर्मुडामा डिभिजन ३ को उपाधि जित्दै डिभिजन २ मा उक्लेको थियो। बर्मुडा डिभिजन ३ मै अडिएको टोली हो।
नेपाललाई यसै वर्ष काठमाडौंमा भएको एसिसी ट्वान्टी–२० को फाइनलमा पराजित गरी अफगानिस्तानले लगातार चौथो पटक प्रतियोगिता जितेको थियो। काठमाडौंमै दुई वर्षअघि भएको तेस्रो संस्करणमा पनि अफगानिस्तानसँग नेपाल पराजित भएको थियो। २०१२ मै युएईमा भएको विश्व ट्वान्टी–२० छनोटमा पनि नेपाललाई समूह चरणमा अफगानिस्तानले हराएको थियो। नेपाल प्रतियोगितामा सातौं भएको थियो। 
यसपटक देखि विश्व ट्वान्टी–२० छनोटबाट शीर्ष ६ टोली फाइनल पुग्ने छन्। साउथ चाइना मर्निङ पोस्टमा हङकङका प्रशिक्षक चार्ली बुर्कले भनेका छन्, 'हाम्रो पहिलो लक्ष्य समूहको शीर्ष पाँचमा परेर प्लेअफमा छनोट हुनु हुनेछ।' उनको भनाइ अनुसार दुई समूहका शीर्ष ५ गरी १० टोली प्लेअफमा छानिने छन्। त्यसबाट शीर्ष ६ टोली बंगलादेशमा हुने आइसिसी विश्व ट्वान्टी–२० लाई छनोट हुनेछन्।
काठमाडौ,असार २४ नेपाल र अफगानिस्तान विश्व ट्वान्टी–२० छनोटमा फेरी आमने सामने हुने भएका छन्। हङकङको साउथ चाइना मर्निङ पोस्ट दैनिकले युएईमा नोभेम्बर १५ देखि सुरु हुने प्रतियोगिताको समूह विभाजन गरेको समाचार प्रकासित गर्दै नेपाल र अफगानिस्तान एकै समूहमा परेको जनाएको छ। नेपाल र अफगानिस्तानसँगै समूह 'बी' मा स्कटल्यान्ड, नेदरल्यान्ड, केन्या, पपुवा न्युगिनी र बर्मुडा छन्।

No comments: