Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Tuesday, July 9, 2013

रमादान भोलिदेखि सुरु सुर्यदयदेखि सूर्यास्त नहुन्जेलसम्म केहिपनि नखान सबैलाई अनुरोध

भाईराम चौलागाई 
कुवैत सिटी जुलाई ९ । मुस्लिम समुदायको पवित्र पर्व रमादान भोलि देखि सुरु हुने भएको छ । यो पर्वमा मुस्लिम समुदायले आत्मशुद्धिका लागि एक महिनासम्म उपवास बस्ने र आत्मसंयमका लागि प्रार्थना गर्ने प्रचलन रहेको छ । आज  साँझ आकाशमा चन्द्रमा देखिएपछि आजदेखि मुस्लिम धर्माव्लम्बीहरुको महान पर्व रमजानुल मुबारक शुरु भएको छ । रमजानको महिनामा मुस्लिम धर्माव्लम्वीहरु एक महिनासम्म दिनभरी व्रत बस्ने गर्छन् ।

संसारभरिका मुस्लिमहरूले रमादानको एक महिनासम्म सुर्यदयदेखि सूर्यास्त नहुन्जेलसम्म पानीसमेत नपिई कठोर व्रत राख्छन् । इस्लाम धर्ममा रमादानको महिनाभरि स्वर्गको ढोका खुला हुन्छ र नर्कको ढोका थुनिन्छ भन्ने विश्वास रहेको छ । सूर्योदयभन्दा केही समयअघि सेहरी -बिहानको खाना) र सूर्यास्तपछि इफ्तार खाने चलन छ । इस्लाम धमार्वलम्बीहरूले दैनिक पाँचपटक प्रार्थना -नमाज) पढ्ने गर्छन् । इस्लामिक मुलुकहरूमा रमादानको महिनाभरि सार्वजनिक स्थलमा खाएको, पिएको वा धूमपान गरेको पाइएमा आर्थिक जरिवाना वा जेल सजाय या दुवैको भागीदार हुनुपर्ने कानुनी प्रावधान रहेको हुन्छ । तसर्थ रमादानको अबधिभर  मुस्लिम धर्माव्लम्बी साथै  गैरमुस्लिम धर्माव्लम्बी हरुले पनि सुर्यदयदेखि सूर्यास्त नहुन्जेलसम्म सार्बजनिक स्थलमा पानि,चिया ,कोक ,पेप्सीजस्ता हल्का पेय पदार्थ लगाएत खानेकुराको अलाबा बिडी .चुरोट र धुम्रपान गर्न धार्मिक रुपले बर्जित गरिएको छ
कुवैत सरकारले पनि सुर्यदयदेखि सूर्यास्त नहुन्जेलसम्म  केहिपनि नखान सबैलाई अनुरोध गरेको र यदि यो कुराको उल्लङ्घन गरि सार्बजनिक स्थलमा वा अन्य व्यक्तिले  देखने गरि  खाद्य पदार्थ र धुम्रपान गरेमा  आर्थिक जरिवाना वा जेल सजाय या दुवैको भागीदार हुनुपर्ने हुन्छ। तसर्थ रमादानको अबधि भर सार्बजनिक स्थलमा पानि,चिया ,कोक ,पेप्सीजस्ता हल्का पेय पदार्थ लगाएत खानेकुराको अलाबा बिडी .चुरोट र धुम्रपान नगर्न सम्पूर्ण प्रबासी नेपालीहरुमा खाडी न्युज परिवार अनुरोध गर्दछ। साथै मुस्लिम समुदायको पवित्र पर्व रमादानले सबैमा  सुख, शान्ति तथा समृद्धि प्राप्तिको कामना गर्दछौ । 

No comments: