Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Sunday, August 11, 2013

श्री कृष्ण गण्डकी गाबिसको प्रथम भेला सम्पन्न

भूपति न्यौपाने यु ए ई दुबई
 अगष्ट ९ सुक्रबारका दिन  स्याङ्गजा जिल्ला श्री कृष्ण गण्डकी गा बि स घर भई कामको सिलसिलामा हाल यूएई मा रहेका श्री कृष्ण गण्डकी बासि हरुको प्रथम भेला स्याङ्गजा सहयोज समाज यूएई का पूर्व अदक्ष्य भूपति न्यौपाने को संयोजक मा सम्पन्न उक्त भेलामा प्रमुख अतिथी नेपाल पत्रकार महासंग यूएईका उपादक्ष्य भुपराज बस्याल रहेका थिए भने कार्यक्रमको संचालन शंकर न्यौपाने ले गरेका थिए । गत सुक्रबार बर दुबई मेट्रो पार्क स्याङ्गजालि टावर नजिकै बृहत उपस्थीतीमा सम्पन्न भयो। 
गाबिस का सम्पूर्ण व्यक्ति हरुलाई समेट्दै प्रमुखत यूएईमा रहेका श्री कृष्ण गण्डकी घर भएका नेपाली हरुलाई भई परि आउने समस्या को समाधान गर्ने, आफ्नो गाबिसका बिभिन्न क्षेत्रमा विकास लगायत का सहयोग गर्ने उदेस्य का साथ भेलाले उक्त सस्था को स्थापना गरेको हो /
छ महिना भित्रमा बिधान, नाम लोगो लगायतका सम्पूर्ण काम हरु पुरा गर्ने जिम्मेवारी सहित कृष्ण न्यौपाने अदक्ष्यता मा १७ सदस्यिय तदर्थ समिती चयन गर्यो भने उक्त तदर्थ समितिमा उपादक्ष्यमा अग्नी भट्टराई, सचिवमा शंकर प्रसाद न्यौपाने, सहसचिवमा सागर भट्टराई, कोसाध्यक्षमा भुपराज भट्टराई, सह कोसाध्यक्षमा डेमकान्त न्यौपाने र सदस्यहरुमा माया कुमारी पाण्डे, रुक्मागत न्यौपाने, मुक्ती भट्टराई, निम भुसाल, यम प्रसाद भुसाल, डि बि थापा, कृष्ण भट्टराई, धर्म भट्टराई, प्रदिप भट्टराई, लेखनाथ न्यौपाने, माधव न्यौपाने चयन भएका छन्  
जिम्मेवारी  दिएका यी सम्पूर्ण काम सिमित समयमा सक्ने प्रतिबदध्ताका का साथ सम्पूर्ण नेपाली लाई सहयोग गर्ने बाचा अद्क्ष्य कृष्ण न्यौपाने गर्नु भयो भने सचिब शंकर न्यौपाने ले यूएईमा रहेका सम्पूर्ण कृष्ण गण्डकी बासी लाई यस समाज को सम्पर्क आउन आग्रह गरेको छ /

No comments: