लमही, २६ साउन । पश्चिम नेपालका विभिन्न जिल्लामा वन वन्यजन्तु, जौविक विविधता र वातावरण संरक्षणका बारे अध्ययन अवलोकनका लागी निस्कीएको एक टोली दाङ्गको लमही आईपुगेको छ । विद्यालय वातावरण शिक्षक संञ्जाल सेन्स नेपाल चितवन शाखाको आयोजनामा शुक्रबार देखि तीन दिने अध्ययन अवलोकन भ्रमण लागी निस्किएको थियो । टोलीले नवलपरासीको आरुणखोलामा रहेको श्रमिक सहकारी, दुनाटपरी निर्माण स्थल, रुपन्दहीको लुम्बिनी भएको वातावरण संरक्षणका बारे अवलोकन गरेको र आज शनिबार दाङ्गको लमही क्षेत्रमा भएका संरक्षणका काम बारे जानकारी र प्रशिक्षण लिने काउन चितवनका सचिव कृष्ण आचार्यले जानकारी दिए ।
साथै भोली वर्दियाको डल्ला हामस्टे, धनगढीलगायतका ठाउमा गरिएको संरक्षणका प्रयास बारे अवलोकन गरेको सेन्स नेपाल चितवनका अध्यक्ष पुष्पराज महरट्टाले जानकारी दिए । टोली जौविक विविधता र वतावरण संरक्षणसगै जिवीकोर्पजनमा यि क्षेत्रमा गरिएका प्रयासहरुका बारे चितवनमा रहेको संरक्षण सम्बधीत संघसंस्थामा गएर प्रशिक्षण समेत दिनेछ । शुक्रबार देखि शुरु भएको तीन दिने अवलोकन भ्रमणको नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ काउन चितवनका सचिव कृष्ण आचार्य, नेपाल विजुली पेन्टर प्लम्बर तथा निर्माण मजुदुर युनियन क्यूपेक नेपाल उपाध्यक्ष यज्ञ ढकाल, संरक्षक सस्थाका संयोजक बलराम बगाले, संरक्षणकर्मीहरु कुईसा महत्तो, वसन्त अम्गाई लगायतले सहजीकरण गरेका छन् । टोलीमा चितवनका २३ जना संरक्षणकर्मीहरुको सहभागी रहेको छ ।

No comments:
Post a Comment