Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Friday, August 16, 2013

प्रवासी नेपाली महिला संघ यु ए ई द्वारा तीजको उपलक्ष्यमा सास्कृतिक कार्यक्रम गरिने

रबिन्द्र फुयेल यु ए ई  
हिन्दु नारीहरुको महान् पर्व हरितालिका तीज को अवसरमा यु ए ई मा रहेका  प्रवासी नेपालीहरुले सधै झै एस बर्ष पनि तीज  धमाका गर्ने भएका छन् । २६ जुलाई २०१३ शुक्रबार का दिन यु ए ई को बर दुबईमा प्रवासी नेपाली महिला संघ यु ए ई ले संघ कि अध्यक्ष सिता भुर्तेलको सभापतिमा बैठक सम्पन्न गरि तीज कार्यक्रम गर्ने भएको हो तीज कार्यक्रम को संयोजक सरस्वती कोइराला रहेकी छन् भने कार्यक्रम   यु ए ई को बर दुबई मा रहेको अस्टोरिया होटेलमा हुने भएको छ.

नेपाल बाट उक्त कार्यक्रममा ख्याती प्राप्त कलाकार हरु लक्ष्मी न्यौपाने र सिरिश देवकोटा यु ए ई आउने भए छन् तथा साथमा स्थानीय कलाकारको बेजोड प्रस्तुति हुने नेपाली कला तथा तीज सांस्कृती झल्कने  किसिमका नाच हरु रहने भएको छ उक्त कार्यक्रम  शुक्रबार ६ सेप्टेम्बर २०१३  का दिन दिनको ३ बजे देखी संचालन गरिने भनिएको छ । प्रवासी नेपाली महिला संग यु ए ई ले सम्पूर्ण नेपाली दाजु भाइ दिदि बहिनि हरु लाइ उपस्थित भएर मनोरंजन लिन को लागि अनुरोध पनि गरेको छ.

No comments: