
विराटनगर, साउन ३२ गते । तराई मधेस राष्ट्रिय अभियानका संयोजक जय प्रकाश गुप्ताले भर्खरै उपेन्द्र यादवले चारदलसंग सात सूत्रीय सम्झौता गरेर आफूलाई पनि सत्ता समर्पण र मुद्दा विसर्जनको बाटोमा हिडाएको आरोप लगाउनु भएको छ । उहांले सोध्नु भयो . उपेन्द्रले गरेको यस सम्झौतामा समान जनसंख्याको आधारमा निर्वाचन क्षेत्रको निर्धारण गरिनु पर्ने मांग अहिले कहां छ ? भावी संविधानका आधारभूत मान्यताहरूमा अहिले नै सहमति हुन नसके फेरीपनि संविधान बन्न नसक्ने स्वयं उपेन्द्र यादवको भनाई कहां पुग्यो ? खिलराज रेग्मीले कि त सरकार प्रमुखको कि त प्रधान न्यायाधिशको पदबाट राजिनामा दिनुपर्ने अन्यथा निर्वाचन निष्पक्ष हुननसक्ने उनको मांग आज कहां पुग्यो ? जय प्रकाश गुप्ताले प्रश्न गर्दे सोध्नु भयो– के चार दलले गरेको ११ सूत्रीय सम्झौता र अन्तरिम संविधानको २५ वटा संशोधनबाट उत्पन्न विकृति उपेन्द्र जीले गरेको सम्झौताबाट सच्चियो त ? आज विराटनगरको राम जानकी अतिथी सदनको सभाकक्षमा आयोजित एक कार्यक्रममा बोल्नु हुदै तराई मधेस राष्ट्रिय अभियानका संयोजक जय प्रकाश गुप्ताले उक्त प्रश्नहरू गर्नु भएको छ ।
मधेसका सबै मोर्चाहरू केही सिमित मधेसी नेताहरूको चुनावी हतियार र निहीत स्वार्थ साधन गर्ने प्रपञ्चको माध्यम मात्र बनाइएको भन्नु हुदै संयोजक गुप्ताले भन्नु भयो ः पहिचान सहितको संघीयताका लागि स्पष्टतः मधेस प्रदेशको मान्यता, आत्म निर्णयको अधिकार सहित प्रादेशिक स्वायत्तताको ग्यारेन्टी, राज्यको हरेक निकायमा समानुपातिक समावेशीकरण, क्षेत्रीय भाषाहरूको सरकारी भाषाको रूपमा मान्यता, समान जनसंख्याको आधारमा निर्वाचन क्षेत्रको निर्धारण जस्ता आधारभूत बिषयहरूमा सर्वदलीय राजनीतिक प्रतिवद्धता अनिवार्य थियो । उपेन्द्र यादवले पनि यही मांग गरेका थिए, तर उनले आफू चारदलीय संयन्त्रमा बस्ने लोभमा परी सत्ताका अगाडी ‘आत्म समर्पण’ गरेर संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरूकै हाराहारीमा आफूलाई ‘अमृतालिंगम् प्रवृति’ का मतियार देखाए । जय प्रकाश गुप्ताले भन्नु भयो–उपेन्द्र यादवहरूले आन्दोलनको नाममा आङ्खनो शक्तिको भरमा यौटा सिन्का पनि नभाचेर मोहन वैद्यसंगको सहकार्यको हौवा देखाएर ब्याज खान खोजेका छन् भने अर्को तर्फ मधेसी जनता फेरी एक पटक ठगिएका छन् । नेपालको राजनीति एकातिर नया“ संविधानका मुद्दाहरूको सन्दर्भमा प्रतिगमनको बाटो तिर गैरहेको र अर्को तिर मधेसी, जनजाति र दलित लगायतका समुदायहरूलाई कमजोर प्रतिनिधित्व गराएर सिध्याउने षडयन्त्र तर्फ उन्मुख रहेको विश्लेषण गर्नु हुदैं संयोजक गुप्ताले भन्नु भयो ः अब सिद्ध भयो, संविधान सभाको यो निर्वाचनबाट मधेसले केही पाउने छैनन् । आउने भनिएको संविधान मधेसीका लागि उपलब्धिको होईन, आत्म समर्पणको दस्तावेज हुनेछन् । उहांले भन्नु भयो, मधेसीको लागि अहिले, अब यस्तो निर्वाचनबाट सम्मानयुक्त संविधान पाउने संभावना सकियो । अब संविधान सभा बनेपनि संघर्ष वाहेकका माध्यमबाट मधेसी जनताले सफलता पाउने छैनन् । जय प्रकाश गुप्ताले मधेसका परिवर्तनवादी युवाहरूलाई तराई मधेस राष्ट्रिय अभियानमा सरिक भै भावी आन्दोलनको तयारीमा लाग्न अपील र्गु भयो ।
अभियानका मोरंग जिल्ला संयोजक इमानुल्लाह अंसारीको अध्यक्षतामा भएको सो सभामा अभियानका बरिष्ठ नेता आत्माराम साह, केन्द्रीय नेता भीम राजवंशी आदिले बोल्नु भएको थियो । गुप्ता लगायतका मधेसी नेताहरू अहिले तराई मधेस राष्ट्रिय अभियानको संगठन निर्माणको क्रममा विभिन्न जिल्लाहरूमा सार्वजनिक संवाद कार्यक्रम संचालन गरिरहनु भएको छ ।
No comments:
Post a Comment