Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Saturday, August 10, 2013

यूएईमा संघिय समाजबादी पार्टीको अन्तर्क्रिया कार्यक्रम सम्पन्न

त्रिलोचन कोइराला | दुबई - जातीय क्षेत्रीय बर्गीय लैगिक बिबेद अन्त्य नभएसम्म देशमा आमुल परिवर्तन हुदै सम्ब्रिधीसाली नेपाल बन्न नसक्ने संघिय समाजबादी पार्टीका प्रवास बिभाग संयोजक आङकाजी शेर्पाले एक अन्तरक्रिया कार्यक्रममा बताएका छन  ।

नेपाली संघीय समाज यूएईले संघिय समाजबादी पार्टी, नेपालका स्थाई समिती सदस्य तथा प्रबास संगठन संयोजक आङकाजी शेर्पा 'किसान'को प्रमुखआतित्यमा नेपालको वर्तमान राजनीतिक अवस्था र संघिय समाजबादी पार्टीको भूमिका बिषयमा यूएईमा छलफल गर्न आयोजित अन्तरक्रियात्मक कार्यक्रममा शेर्पाले शान्ति स्थापना हुनाका लागि बिबेद अन्त्य हुनुपर्छ, शान्ति स्थापना भएमा देश बिकाश हुन्छ देश बिकाश भएमा लाखै युवा शान्ति बिदेशिनु नपर्ने बताउदै शेर्पाले बिबेद्को अन्त्यले नै देश निर्माण मेरुदाण्ड रहेको बताए ।   

शेर्पाले एक अर्को प्रसंगमा १३ हजार शहिदहरुको वलिदानीले ल्याएको गणतन्त्र, संघीयता, धर्मनिरपेक्ष, समानुपातिक प्रतिनिधित्वलाई समाप्त गर्न खोज्ने नेता र राजनीतिक दलको अस्तित्वलाई नेपाली जनताले समाप्त पर्ने बताए  ।
नेपाली कांग्रेश, एमाले, माओवादीको राजनीतिक एकाधिकारवादी सोचाइले नै देश यो संकटमा पुर्याएको आरोप लगाउदै अब नेपाली जनताले आगामी निर्वाचनमा तिनीहरुलाई बडारीदिने ढोकुवार गरे ।

पुर्ब राजा ज्ञानेन्द्रप्रति आक्रोसित देखिएका शेर्पाले यदि देशमा धार्मिक युद्ध रहेमा पहिलो शिकार ज्ञानेन्द्र  र उसको हिमाइती कमल थापा हुने बताउदै संघिय समाजबादी पार्टीले गणतन्त्र, संघीयता, धर्मनिरपेक्ष, समानुपातिक प्रतिनिधित्वमा एक इन्च पनिपछी नहटने बताए ।

शेर्पाले माधवकुमार नेपालले अब जनमत संग्रहमा जानु पर्ने भन्ने प्रसंगलाइ दोश्रो संविधानसभाबाट पनि संविधान जारी नगर्ने र जनमत संग्रहमा जाने पहिचान संघीयता विरोधी एमाले र कांग्रेसले नयाँ षडयन्त्र शुरु गरेको बताउदै यदि हामी सचेत नहुने हो भने अब नेपाल सिक्किमिकारण हुने चेतावनी दिए । 

प्रमुख अतिथि रहेका शेर्पाले यूएईमा संघिय समाजबादी पार्टीमा प्रवेश गर्न चाहने तीनदर्जन युवा हरुलाई खादा पहिराएर पार्टीमा प्रवेश गराए ।  नब प्रबेसी मुन्क्षे राइले संघिय समाजबादी पार्टीले जनतालाई अधिकार सम्पन्न बनाउने नीति देखि प्रभाबित भएर यस पार्टीमा प्रवेश गरेको बताउदै अब हामी पार्टीका कार्यकर्ताले के गर्छन पार्टीको नीति अनुसार चल्चन चल्दैन भनेर मनिटर गर्नु पर्ने बताउदै राइले पार्टीलाइ जातीय दलको आरोपलाई हटाउन जनचेतना जगाउन अबस्येकता रहेको बताए ।

१९ औं अन्तरास्ट्रिय आधिबसी जनजाती दिबशको अबसरमा आधिबासी जनजाती महासंघ युएइको निमन्त्रणा अनुसार यूएई जनजाती महासंघका पुर्ब महासचिब समेत रहेका संघिय समाजबादी पार्टीका  प्रवास बिभाग संयोजक आङकाजी शेर्पा संग नेपाली संघीय समाज यूएईले अन्तर्क्रिया गरेको कार्यक्रम कृष्ण पौडेलको संचालन तथा अध्यक्ष भुवन राइको सभापतित्वमा अगस्ट ८ तारिक सम्पन भएको थियो ।

No comments: