सन्तोष दाहाल,
बहराइन/ बहराइनको राष्ट्रिय दिवसको अवसर पारेर म्याग्दी उद्दार समिति बहराइनले मिति १४, १६ र १७ डिसेम्बर मा नेपालीहरु बिच खुल्ला भलिबल प्रतियोगिता सम्पन्न गरेको छ । बिभिन्न कम्पनीहरु र संघ संस्थाहरु गरेर १९ टिमहरुको सहभागीता थियो । जस मध्ये बिभिन्न चरणहरु पार गर्दै आाधिखोला स्याङ्गजा समाज र अस्कर हातेमालो टिम फाइनलमा प्रवेश गरेका थिए ।
फाईनल खेलमा अस्कर हातेमालो टिमलाई २ को बिरुद्ध ३ सेटले हराउादै आाधिखोला स्याङ्गजा समाज प्रथम स्थान पाउन सफल भएको थियो । प्रथम हुने टिमलाई आयोजक संस्थाका अध्यक्ष श्री छबीलाल बिक, उपाध्यक्ष श्री राजाराम सुबेदी र बहराइन फाइनान्स कम्पनीका सुनील लामाले कप, मेडल, प्रमाण पत्र र लोकल खसी प्रदान गर्नु भएको थियो । दोस्रो स्थान हुने टिमलाई कोषाध्यक्ष श्री लोक राम्जाली, प्रमुख सल्लाहकार श्री लाल प्रसाद पुन, संरक्षक श्री गोरख रामजाली, सल्लाहकार श्री खप्रसाद शेरपुन्जा र खेलकुद सह सचिव मीन तीलीजा लगाएतले संयुक्त रुपमा कप, मेडल, प्रमाण पत्र र लोकल खसी प्रदान गर्नु भएको थियो ।
फाईनल खेलमा उत्कृष्ट खेल प्रर्दशन गर्ने अस्कर हातेमालो टिमका तेजेन मगर (पाल्पाली कान्छा) लाई छन्त्याल परिवार म्याग्दीका श्री जितेन्द्र छन्त्याल र यस समितिका खेलकुद सचिव लेखत छन्त्यालले कप, प्रमाण पत्र र मेडल प्रदान गर्नु भएको थियो । पुरस्कार कार्यक्रम संस्थाका महासचिव तेजेन्द्र थापा र सचिव भरत परियारले संचालन गर्नु भएको थियो ।
No comments:
Post a Comment