Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Saturday, January 5, 2013

एन डब्लु जी एन (अमेरिका ) ले आमाको घरलाई आर्थिक सहयोग जुटायो


विजय थापा 
सयुक्त राज्य अमेरिका
२१ पुस,  अमेरिका (एन डब्लु जी एन ) विश्व संजाल नेपाली महिला ,संघको तेश्रो सम्मेलन गत अक्टोबर ७ ,२०१२ का दिन अमेरिकाको राजधानी वाशिंगटन डिसीमा सफलतापुर्वक सम्पन्न भयो। सम्मेलनको मूल नारा  'सहकारिता र सक्रियताबाद द्वारा महिला सशक्तिकरण ' राखिएको थियो lतेश्रो सम्मेलनको मूलउदेश्य नेपाल स्थित आमाको घर अर्थात् समाज सेवी दिलशोभा श्रेष्ठलाई अभिनन्दन गर्ने र आर्थिक सहयोग जुटाउनु रहेको थियो lदिलशोभा श्रेष्ठले टुहुरा ,सडकमा बस्न बाध्य भएका बालबालिकाहरु र हेलाको पात्र तथा आफ्नै सन्तानहरु द्वारा घरबार बिहिन भएका बृद्धहरुको लागि काठमाडौँमा बृद्ध आश्रम बनाउन कल्पना गरेको चाहनालाई सहयोग पुर्याउनु थियो l


(एन डब्लु जी एन )विश्व संजाल नेपाली महिला ,संघले बिगतमा नेपालबाट सपना मल्ल प्रधान तथा मन्दिरा शर्मालाई सम्मेलनमा आमन्त्रण गरि सकेको थियो भने यस पाली अधिकारकर्मीबाट समाज सेवी लाई छनौट गरेको कुरा सघ कि अधक्ष्य बिष्णु कुमारी थापाले एक छापा बिज्ञप्तिमा जनाएकी छिन् lउक्त सम्मेलनमा उपस्थित समाजसेवी ,संचार कर्मी ,संघ तथा संस्थाहरुमा आबद्ध व्यक्तित्वहरु ,उद्योगी तथा ब्यापारीहरुले मन फुकाएर गच्छे अनुसार सहयोग गरेका थिए। समाज सेवी दिल शोभा श्रेष्ठलाई अमेरिकामा स्थापना भएको (एन डब्लु जी एन )विश्व संजाल नेपाली महिलाको अगुवाईमा अमेरिका भ्रमण गराएको  र उक्त अवसरमा अमेरिकाको विभिन्न राज्यहरु ,क्यालिफोर्निया ,बाल्टिमोर ,क्यानाडा ,वाशिंगटन डिसी तथा न्यु योर्कमा लगाएत राज्यहरुबाट गरि करिब बीस लाख नेपाली रुपैया जुटाउन सफल भएको थियो। संचार कर्मी सग कुरा गर्दै  अधक्ष्य बिष्णु कुमारी थापाले यस रकमले  बृद्ध आश्रम बनाउनठुलो  सहयोग हुनेबताएकी छिन् l
उनले छापा बिज्ञप्ति मार्फत  समुदाय सदश्यहरु ,संचार कर्मीहरु तथा मानव सेवा प्रति सहयोग गर्नु हुने सबैलाई धन्यबाद दिएकी छिन्। आर्थिक सहयोग गर्नु हुने चन्दा दाताहरुको नामावली पनि उल्लेख गरिएको उक्त बिज्ञप्तिमा जनाईएको छ lर आफ्नो कार्यकाल समाप्त हुने जानकारी दिदै समाज सेवी दिल शोभालाई बोलाई सफलता पुर्वक सम्मेलन गराएकोमा खुशी व्यक्त गरेकी छिन l समाजसेवी दिलशोभा नेपाल पुगेता पनि तेश्रो सम्मेलन देखि निरन्तर संघको पहल द्वारा यति धरै रकम जुटाउन सफल भएको जानकारी बिष्णु कुमारी थापाले दिएकी थिईन l 


No comments: