चितवन / पौष २१
रेडियो चितवनको स्टेशन म्यानेजरमा पत्रकार हरि पोख्रेल नियुक्त हुनु भएको छ । पोख्रेलले आजै देखि आफ्नो कार्यभार समेत सम्हाल्नु भएको छ । आज रेडियो चितवनमा भएको पदस्थापन कार्यक्रम बोल्दै रेडियो चितवन संचालक समिति अध्यक्ष राजेन्द्र्र कुमार श्रेष्ठले सामुहिक सहकार्यबाट अगाडी बढ्न सके जुनकुनै संस्थाको प्रगति सम्भव भएको भन्दै सामुहिक सहकार्य गरेर अगाडी बढ्न शुभकामना दिनु भयो । संस्थाका उपाध्यक्ष शिबराज सुबेदीले लामो समय देखि रिक्त रहेको स्टेशन म्यानेजरको पदपुर्तिले संस्थाको प्रगति तिब्र रुपमा अगाडी बढ्ने बिश्वास ब्यक्त गर्नु भयो । नव नियुक्त स्टेशन म्यानेजर हरि पोख्रेलले ठुलो संख्यामा रहेका शेयर सदस्यको बिश्वास र सहयोग लिन सकिए रेडियो चितवन केही बर्षमै अरु रेडियो भन्दा धेरै अगाडी पुग्ने भन्दै त्यसका लागि आफु निरन्तर लागि पर्ने बताउनु भयो ।कार्यक्रममा रेडियो चितवनको समाचार तथा कार्यक्रम , बजार , लेखा, प्र्राबिधिक तथा उत्पादन शाखाका प्रमुखहरुले रेडियोका समस्या र सम्भावनाबारे आफ्ना धारणा राख्दै रेडियोको दिगो बिकाशका लागि एकताबद्ध भएर काम गर्ने प्रतिबद्धता जनाएका थिए ।
चितवन सामुदायिक संचार सहकारी संस्था लिमिटेडद्धारा संचालित रेडियो चितवन ९४.६ मेगाहर्ज चितवनको पहिलो सामुदायिक रेडियो हो । एक हजार वाट क्षमतामा संचालन हुदै आएको रेडियोको ९ सय ७७ जना शेयर सदस्य रहेका छन् । २०६४ साल चैत्र ६ गते परिक्षण प्रसारण शुरु गरि २०६५ जेष्ठ १ गते देखि नियमित रुपमा प्रसारण हुदै आएको रेडियो चितवन अहिले दैनिक १७ घण्टा प्रसारण हुदै आएको छ ।उज्यालो नाईन्टी नेटवर्क , सामुदायिक सुचना नेटवर्क , बिबिसि नेपाली सेवा लगायतका संस्थाको सहकार्यमा प्रत्येक घण्टा समाचार प्रसारण गर्दै आएको रेडियो चितवन सामुदायिक रेडियोहरुको छाता संगठन अकोराब र अन्र्तराष्ट्रीय संगठन अमार्कको पनि सदस्य रहेको छ ।
No comments:
Post a Comment