देवबहादुर राना मगर / महेन्द्र थापामगर
बचतकोषका सचिव महेन्द्र थापामगरले कार्यक्रममासञ्चालनगर्नेक्रममागत साल२०११ देखिहाल२०१२ सम्मकाबिवरणहरु जस अनुसार बचत सदस्यहरु, हालसम्मजम्माभएको बचत रकम, ऋण लगानीतथाखर्च बिवरणआदिको बारेमापनि सदस्यहरुलाई जानकारी दिनुभएको थियो ।
डिसेम्वर ३१, दोहा÷ गत२८ डिसेम्वर २०१२ शुक्रबारकादिनशमालस्थितपब्लिक गार्डेनमानेपालप्रवासी मगर बचत कोषकतारले रमाईलो वनभोजको आयोजना गरीबचतकर्ताहरुबिचपरिचयात्मककार्यक्रमसँगै नववर्ष २०१३ को शुभकामनाआदानप्रदान गरी मनायो ।

कोषकाअध्यक्षलिलम्वर चिदीमगरको सभापतित्वमा सम्पन्नउक्तकार्यक्रममाप्रमुखआतिथि केन्द्रियअध्यक्ष भिम तरामुमगर रहनुभएको थियो भनेबिशेष अतिथिद्वय नेपालप्रवासीआदिवासीजनजातिमहासंघका प्रथमउपाध्यक्षप्रकाशआलेमगरतथासंघका केन्द्रियसल्लाहकार प्रमुखतथानिवर्तमानअध्यक्षदेव वहादुर रानामगर रहेकाथिए ।
मन्तव्यको क्रममाबिशेष अतिथि देव बहादुर राना मगरले बचत कोषतर्पm ध्यान केन्द्रितगर्नुहुँदैबिशेष गरी हामीमगरहरुमाआफ्नो भविष्यको बारेमाभन्दापनिबर्तमानमा रमाएर बस्न रुचाउने प्रवृतिहावीहुनुले पनिपछि गएर दुःखपाउने स्थिती आउनसक्ने भएकोले पनिभविष्यमाभईपरि आउने समस्या टार्न बचतकोषबलियोआधार बन्नसक्ने बारे प्रष्ट पार्नुका साथै यसमाआवद्घ भएरधेरै फाईदा लिन सकिने कुरा बताउनुभयो ।उहाँले यस बचत कोषको स्थापनाबारे प्रष्ट पार्दै यसको प्रारम्भिकअवधारणा अनुरुप संघको सातौं कार्यकालमासंघको विधानअनुसार आर्थिक सम्बन्धी संयोजनको भुमिकाकोषाध्यक्षले लिनुपर्ने प्रावधानअन्र्तगतरहेर तत्कालिनकोषाध्यक्षमिलनथापा (मिनलाल सारु)को बिशेष पहलमानिर्देशिकातयार गरी सञ्चालनमाल्याईएको तर त्यसबेलाको योजनाले खासै सफलतालिननसकेपछी संघको आठौं अधिवेशनको संघारमै बिघटन गर्नुपरेको र पछी आएर संघको आठौकार्यकालको केन्द्रिय भेलापश्चात् अलि फरक योजनासँगै निर्देशिकामाआवश्यक संशोधन गरी पुनःसञ्चालनमाल्याईएको बताउनुभयो ।
त्यसैगरी, अर्का बिशेष अतिथिप्रकाशआले मगरले आदिवासीजनजातिबारे प्रष्ट पार्नुहुँदै हामीले आफ्नो हक,अधिकार,भाषा,धर्म,संस्कृतिआदिकोजगेर्ना गर्न बिभिन्न क्षेत्रमा रहेर सहयोग गर्नुपर्ने बताउनुभएको थियो ।
प्रमुखआतिथि केन्द्रियअध्यक्ष भिम तरामुमगरले सम्पूर्ण मगरहरु एकजुटभएर आफ्नो संस्कृतिलाई जोगाईराख्नुपर्दछ भन्नुहुँदै यो बचतकोष नितान्त मगरहरुको लागिमात्रभएकोले हामीले अझ बचत सदस्यहरु बढाउँदै लग्नुपर्ने र यस बचतले भविष्यमामगरहरुको नै जिवनस्तर सुधार्न सहयोग पुग्ने कुरामादुईमतनहुने बताउनुभयो । यसरी नै अरु मगर दाजुभाई तथादिदीबहिनीहरुलाई यस कोषमा आवद्ध भई बचत गर्न अनुरोध गर्नुभयो । साथै, उहाँले नववर्ष २०१३शुभकामनापनिदिनुभयो ।
अन्यअतिथिहरुमासल्लाहकार जनकथापामगर,कलातथा सांस्कृतिकबिभागका संयोजकभूपेन्द्र रिखाममगर, एरिया अध्यक्षहरु केशव रानामगर,मदनआलेमगर, नेपालीकला केन्द्रका सदस्यबबिन राई हुनुहुन्थ्यो ।
कोषकाअध्यक्षलिलम्वर चिदीमगरले यस बचतकोष सञ्चालनगर्नुको मुल उद्देश्यस्वाबलम्वन,पारस्परिक सहयोग एवं मितव्ययीताको अभिबृदि गरी उत्पादनशीलतथाआयमुलकवा सीपमुलककार्यमाअग्रसर गराउनुका साथै सदस्यहरुकोसिपर क्षमताकोअभिबृद्धि गरि कतारमाकार्यरत मगरहरुबिचआपसी सहयोग तथाभाईचारा सम्बन्धको बिकासगर्न र मगरहरुबिचआईपरेका समस्याहरुको समाधान र सहयोगतर्पm ध्यान पु¥याउन रहेको बताउनुभयो ।
कार्यक्रममामगराँती परम्परालाई जिवन्तदिलाउन सेलरोटी र अचारको मिठोमौलिक स्वाद पस्किन सफलमहिला सदस्यद्वयधनीसनानीमगर र ज्ञानु पुनमगरलाई उपस्थितअतिथिहरुले धन्यवाद टक्र्याउनकञ्जुस्याई गरेनन् । “बिदेशीभूमिमा रहँदापनिमगर समुदायको आफ्नै परम्परागतमौलिक स्वादलिनको लागि मगर संघको कार्यक्रमपर्खिनुपर्ने रहेछ” – बिशेष अतिथी देव बहादुर राना मगरले खुशीव्यक्तगर्दै भन्नुभयो ।
कार्यक्रममाउपस्थित सबैजनाबिच आ–आफ्नो परिचयको साथसाथै आउँदै गरेको अंग्रेजी सालको नयाँवर्ष २०१३ को शुभकामनापनिआदानप्रदानगरिएको थियो । कार्यक्रममा संघका सचिव रामपुन मगरले पृथकखालको मनोरञ्जनकालागि सबैले आ–आफ्नो अविष्मरणीय क्षण सुनाउपर्ने खेल सुझाए जस अनुसार कसैले दुःखको त कसैले हँसाउने पलहरुसमेटिएको अतितलाई मन खोलेर पस्केका थिए ।कार्यक्रममा रौनकताथप्नसंघका कलाकारहरु मिनु बराम्ले,खिमथापामगरले बिभिन्नभाकामागितगाएर उपस्थित सदस्यहरुलाई नचाएकाथिए । संघका पुर्व सल्लाहकार डि.एन्.पाङ्मी मगरले आफ्नो कमेडी प्रस्तुतीले सबैलाई हँसाउन सफल देखिठथे । त्यसैगरी,भूपेन्द्र रिखाममगरको निर्देशनमा नेपाली टिपिकल नाचहरु मगर संघका कलाकारहरुले प्रस्तुत गरेर थपमनोरञ्जन प्रदान गरेकाथिए ।
No comments:
Post a Comment